+
+
Shares

अमेरिकाबाट फर्किएपछि ‘परदेशी २’को छायांकनमा वर्षा

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर १९ गते १२:३८

चलचित्र ‘परदेशी २’को छायांकनका लागि यसको टिम चितवन पुगेको छ । चितवनका रमणीय स्थानमा चलचित्रको छायांकन भैरहेको छ । चलचित्रको छायांकनमा नायिका वर्षा सिवाकोटी पनि जोडिएकी छिन् । वर्षा दशैंको टिका सकेर अमेरिका पुगेकी थिइन् ।

अमेरिकामा आफ्ना प्रेमीसँग करिब एक महिना लामो समय बिताएपछि वर्षा नेपाल आएकी हुन् । नेपाल आएर उनले चलचित्रको छायांकन सुरु गरेकी छिन् । वर्षाले सामाजिक संजालमा शेयर गरेका तस्वीरले पनि उनी ८ महिनापछि चलचित्रको सेटमा फर्किन पाउँदा खुशी देखिएकी छिन् ।

चितवनमा नायिका सिवाकोटी र चलचित्रका नायक प्रकाश सपुतका दृश्यहरु खिचिएका छन् । चितवनमा एक दिन छायांकन गरेर यसको टिम काठमाण्डौ फर्किसकेको छ । अब, चलचित्रको गीतको छायांकन हुने नायिका सिवाकोटीले जानकारी दिइन् । नारायण रायमाझीको निर्देशनमा तयार भैरहेको चलचित्रको छायांकन चितवनअघि पाल्पामा गरिएको थियो । पाल्पामा भने नायक प्रकाश सपुत, नायिका केकी अधिकारी, नायक दिलिप रायमाझी लगायतको दृश्य खिचिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?