Comments Add Comment

प्रचण्डलाई भेट्न ईश्वर पोखरेल पनि खुमलटार गए

१९ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न उपप्रधानमन्त्री एवम् नेकपा सचिवालय सदस्य ईश्वर पोखरेल खुमलटार पुगेका छन् । पोखरेल विहान साढे नौ बजेतिर खुमलटार पुगेका थिए ।

भेटवार्ता झण्डै एक घण्टा चलेको थियो । पोखरेलले प्रचण्डलाई सचिवालयमा पेश भएको पत्रहरु साझा बनाउने पहल लिन आग्रह गरेका स्रोतले बताएको छ । यसअघि बिहीबार मात्रै प्रचण्डलाई भेट्न महासचिव विष्णुप्रसाद पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ खुलमटार पुगेका थिए ।

महासचिव पौडेलले भेटेर कुरा गरेपछि साँझ नेम्वाङ खुमलटार पुगेका थिए । साँझ पाँच बजेतिर खुमलटार पुगेका नेम्वाङसँग पनि पार्टी विवाद मिलाउनेबारे नै छलफल भएको थियो ।

नेम्वाङलाई प्रचण्डले परिस्थिति सकारात्मक बनाउन सकिने बताएका थिए । नेकपामा पोखरेल, पौडेल र नेम्वाङ अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली निकटका हुन् ।

प्रचण्डले शनिबारका लागि सचिवालय बैठक बोलाएका छन् । ओली अनुपस्थित भएको बैठकले सचिवालय बोलाइएकाले भोलि पनि बैठकमा उनी नआउने सम्भावना रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment