+
+
Shares

६ बर्षमा पनि बनेन ठिमुरा–देवघाट पुल

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर १९ गते १५:५०

१९, मंसिर, चितवन । तनहुँमा नेकपा र विपक्षी दल कांग्रेसका नेताहरूका बीचमा पुल उद्घाटनको विषयले ठूलै लफडा चल्यो । कांग्रेस वरिष्ठ नेता पुल उद्घाटन गर्न जाँदा वुधवार पक्राउ परे, विहिवार उनले दलबलसहित उद्घाटन गरे ।

उनै पौडेलले चितवनको ठिमुरादेखि तनहुँको देवघाट जोड्ने पुल शिलान्यास गरेको ६ बर्ष बित्यो तर अझै पुलको काम सकिएको छैन ।

भरतपुर महानगरपालिका वडा नं. १ ठिमुरादेखि देवघाट गाउँपालिका वडा नं. ५ को घिनटार जोड्न त्रिशुली नदी माथि बन्दै गरेको पुलको काम सक्न ठेकेदारले ढिलासुस्ती गरिरहेको छ । २०७१ कात्तिक २० गते ठेक्का सम्झौता भएको पुल २०७४ कात्तिक २० गतेभित्र बनाइसक्नुपर्ने थियो । तर, सम्झौता अवधि

सकिएको तीन बर्ष बित्दा पनि अझै पुलको दुईवटा क्रंक्रिटको स्ल्याब बनाउने काम बाँकी छ । २२० मिटर लामो र ८.५ मिटर चौडाइको पुलको पिलरको काम सकिएको छ ।

पुलको चारवटा स्पानमध्ये मुख्य भागमा ८० मिटर लामो स्टिलको ट्रस्ट संरचना बन्नेछ । यसको सबै कामको अनुगमन सडक डिभिजन कार्यालय भरतपुरले गर्दै आएको छ ।

सुरुमा १६ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको पुलको डिजाइन परिवर्तन गरेर २१ करोड ६८ लाख पुर्‍याइएको छ । डिजाइन संशोधना १८ महिना, भूकम्पमा ६ महिना, नाकाबन्दीमा ३ महिना काम रोकिएको थियो । दुईपटकसम्म म्याद थप गरिएको पुलको सम्झौता अवधि आगामी पुस १३ गते सकिने सडक डिभिजन कार्यालय भरतपुरका इन्जिनियर विजय दराईले बताए ।

कोरोना भाइरसलाई संक्रमणलाई देखाउँदै फेरि म्याद थपको तयारी गरिएको छ । इलाइट, एड्भेन्जर र इन्द्रेणी जेभी गरी तीन कम्पनी मिलेर पुल ठेक्का लिएका थिए । समयमा नै पुल निर्माण नगर्ने ठेकेदार कम्पनीलाई कारर्वाही हुनुपर्ने माग यहाँका स्थानीयले गर्दै आएका छन् ।

सडक डिभिजन कार्यालय चितवनका प्रमुख कृष्ण अधिकारीले अहिलेको गतिमा कामलाई अघि बढाए पुल चाँडै नै सकिने दावी गरे । ठेकेदारले समयमा नै पुलको काम नगरेपछि महालेखा परीक्षकको कार्यालयसमेत सडक डिभिजन कार्यालयसँग जवाफ माग गरेको थियो ।

निर्धारित समयमा काम नसकेको, पटक–पटक डिजाइन फेरेको, काम ढिलो हुँदा लागत रकम बढेको बारेमा महालेखाले चासो व्यक्त गरेको थियो । कार्यालयका प्रमुख अधिकारीले महालेखाको प्रश्नको कारणसहितको जवाफ बुझाएको बताए ।

‘अहिले ठेक्का अलाइभ नै छ, अब म्याद थप्ने वा नथप्ने वा हर्जना तिराएर काममा लगाउने भन्ने बारेमा विभागबाट आएपछि मात्रैं थाहा हुन्छ’ डिभिजन प्रमुख अधिकारीले भने, ‘अहिले काम धमाधम भाछ, फागुन चैत्रसम्म सकिन सक्छ ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?