+
+
Shares

काठमाडौंबाट रेड पाण्डाको छालासहित तीन जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर १९ गते १६:५५

१९ मंसिर, काठमाडौं । काठमाडौंबाट दुर्लभ वन्यजन्तु रेड पाण्डाको छालासहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा खोटाङको खोटेह्याङ्ग गाउँपालिका-१ घर भई काठमाडौंको चावहिल बस्ने ३० वर्षीय मनोज मगर, सोहो ठाउँका ३० वर्षीय रवन बस्नेत र उदयपुरको रौतामाई गाउँपालिका-१ घर भई काठमाडौंको गोकर्णेश्वर नगरपालिका नारायणटार बस्ने ३४ वर्षीय केशरबहादुर मगर रहेका छन् ।

महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको गोकर्णेश्वर नगरपालिका-५ स्थित नारायणटारबाट रेड पाण्डाको छालासहित उनीहरुलाई बिहीबार पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?