Comments Add Comment

विष्णुगोपालको अध्यक्षतामा स्पोर्ट्स फर अल कमिसन गठन

१९ मंसिर, काठमाडौं । विष्णुगोपाल श्रेष्ठको अध्यक्षतामा नेपाल ओलम्पिक कमिटी अन्तर्गत ‘स्पोर्ट्स फर अल’ कमिसन शुक्रबार गठन गरिएको छ । कमिटी अन्तर्गत रहने कमिसनमध्ये सबैभन्दा सक्रिय रहँदै आएको यस कमिसनले अबको वर्षमा खेलकुदबारे जनचेतना ल्याउन विविध कार्यक्रम पनि गर्ने भएको छ ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले कमिसन गठनको कार्यक्रममा शुभकामना व्यक्त गर्दै यस संस्थाले आम नेपालीमा खेलकुदको महत्व र आवश्यकताबारे बुझाउन सफल हुने कामना गरे । ‘खेलकुद खेलाडीसँग मात्र जोडिनु हुन्न, यो सबैको जीवनको एक भाग हुनु पर्छ ।’

कमिसन अध्यक्ष श्रेष्ठले भने आउने वर्षमा खेलकुदबारे जन चेतना बढाउन धेरै भन्दा धेरै कार्यक्रम गर्ने बताए । ‘खेलकुद सबै वर्गलाई चाहिन्छ । खेलकुद प्रतियोगिता र पदक जित्ने भावनामा मात्र सीमित छैन् । यो स्वास्थ्य क्षेत्रसँग पनि सम्बन्धित छ । कुनै न कुनै खेलमा सहभागी भएर स्वास्थ्य लाभ गर्न सकिन्छ ।’

यसअघिको ‘स्पोर्टस अफ अल’ कमिसन पनि श्रेष्ठकै अध्यक्षतामा रहेको थियो । यसले प्रत्येक वर्ष जुन २३ मा ओलम्पिक डे मनाउँदै आएको छ । यसपल्ट पनि यो दिनलाई अझ प्रभावकारी तरीकाले बनाउने कमिसनले कार्यक्रम बनाउने भएको छ । नयाँ कमिसनको कार्यसमिति ११ सदस्यीय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment