Comments Add Comment

बिहेको दिन घरमा कैद हुन्छन् बेहुला, मण्डपमा बहिनीले लगाउँछिन् सातफेरो

काठमाडौं । विवाह भन्नेबित्तिकै बेहुला-बेहुली दुवैको उपस्थिति अनिवार्य हुन्छ । विवाह मण्डपमा बेहुला-बेहुलीले सातफेरो लगाउँछन् हिन्दु संस्कारमा । तर छिमेकी मुलुक भारतमा एउटा यस्तो बिहे संस्कार छ जहाँ विवाहको मण्डपमा बेहुला हुँदैनन् । बेहुलाको साटो मण्डपमा बेहुलाकी बहिनी जान्छिन् र बेहुलीसँग सातफेरो लगाउँछिन् ।

गुजरातको उदयपुर जिल्लामा पर्ने सुरखेडा, नदाता र अम्बल गाउँमा यस्तो अनौठो परम्परा रहेको छ ।

बिहेको दिन बेहुलाकी बहिनी बाजागाजासहित जन्ती लिएर बेहुलीको घर जान्छिन् । बेहुलाकी बहिनी विवाह मण्डपमा बेहुलीसँग बसेर विवाहको धार्मिक संस्कार पूरा गर्छिन् र भाउजू लिएर जन्तीसँगै घर फर्किन्छिन् ।

उक्त तीन गाउँमा बस्ने आदिवासी समुदायमा यस्तो परम्परा छ । बहिनी जन्ती लिएर बेहुलीको घरमा गएको बेला बेहुलाचाहिँ घरमै थुनिएर बेहुली पर्खिरहेका हुन्छन् ।

यो परम्परा सदियौँदेखि चलिआएको छ । यस्तो परम्पराले नव दम्पत्तिको सम्बन्ध सुमधुर हुने र वैवाहिक सम्बन्धमा बाधा अड्चन नआउने मान्यता रहेको छ ।

यस्तो अनौठो परम्पराका पछाडि एक अनौठो धार्मिक मान्यता छ । पौराणिक मान्यता अनुसार सुरखेडा, सानदा र अम्बल गाउँका ग्रामदेवता अविवाहित छन् । त्यसैले अविवाहित देवताको सम्मानका लागि पुरुषहरु आफ्नो विवाहका लागि विवाह मण्डपमा जाँदैनन् र आफ्नो दिदी–बहिनीलाई पठाउँछन् । अर्थात् पुरुषहरुले महिलासँग बिहे नगरी महिलाले महिलासँग बिहे गर्दछन् ।

बेहुली ल्याइसकेपछि पनि बिहेको दिन बेहुला र बेहुली भेट गर्न पाउँदैनन् । बिहेको दिनमा बेहुला बेहुली भेटेमा दुर्भाग्य हुने मान्यता रहेको छ ।

–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment