Comments Add Comment

कोरोना कहर : दुई दर्जन हेलिकोप्टर ९ महिनादेखि विमानस्थलमै थन्किए

२० मंसिर, काठमाडौं । कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये नागरिक उड्डयन लकडाउन खुकुलो भएसँगै क्रमशः चलायमान हुने अवस्थामा छ । तर, यस भित्रको पनि हेलिकोप्टर व्यवसाय भने चरम संकटमा छ ।

नेपालमा हेलिकोप्टरका मुख्य यात्रु विदेशी पर्यटक हुन् । यसमा पनि पर्वतारोहण र पदयात्रा निस्केका यात्रुले हेलिकोप्टर बढी प्रयोग गर्छन् । तर, कोरोना भाइरसको विश्वव्यापी महामारीसँगै पर्यटक आगमन बन्द भएपछि हेलिकप्टरहरु थन्किए ।

हेलिकोप्टर सोसाइटी अफ (नेपाल)का अनुसार लकडाउन खुलेर परिस्थिति सामान्य बन्दै गए पनि दुईवटा हेलिकोप्टर कम्पनी– फिस्टेल र एयर डाइनेस्टीले सेवा शुरु गर्न सकेका छैनन् । सेवा शुरु गरेका कम्पनीहरुले पनि एकभन्दा बढी हेलिकोप्टर चलाउन सकेका छैनन् । बिभिन्न कम्पनीका दुई दर्जन हेलिकोप्टर काठमाडौं विमानस्थलमा थन्किएका छन् ।

मनाङ एयरका प्रवन्धक राजु न्यौपाने पर्यटकीय सिजन शुरु भएर पर्यटक आउने वातावरण नबनेसम्म ती हेलिकोप्टर उड्ने सम्भावना देख्दैनन् । उनका अनुसार, सरकारले २०२० लाई पर्यटन वर्ष घोषणा गरेपछि हेलिकोप्टर सेवामा धमाधम लगानी थपिएको थियो ।

एक दर्जन हेलिकोप्टर मात्र आकासमा

हेलिकोप्टर सोसाइटीको तथ्यांक अनुसार अहिले ११ कम्पनीका १३ वटा हेलिकोप्टर मात्र उडिरहेका छन् । त्यसमध्ये पनि कैलास एअरको एउटा हेलिकप्टर गत आइतबार नुवाकोटमा चरा ठोक्किएर ग्राउण्डेड भएको छ ।

प्रभु र श्री एयरका तीन–तीन हेलिकोप्टर उडेका छन् भने सिम्रिक एयरका २ वटा । अल्टिच्यूड एयर, हेलि एभरेष्ट, कैलास, मनाङ र माउन्टेन हेलिकोप्टरका एक–एक हेलिकोप्टर उडेका छन् ।

उडिरहेका अधिकांश हेलिकोप्टर गम्भीर बिरामी, दुर्घटनामा परेका घाइते, कोरोना संक्रमित आदिको आकस्मिक उद्धार सेवामा प्रयोग भइरहेका छन् । केहीले विभिन्न आयोजनाको काम र प्याकेजमा यात्रु बोक्ने बिजिनेश पाएका छन् ।

विदेशी हेलिकोप्टर पाइलट विस्थापित

९ महिनासम्म विजनेश नभएपछि अधिकांश कमपनीले विदेशी पाइलटलाई बिदा गरिसकेका छन् । मनाङ एयरका प्रवन्धक न्यौपानेका अनुसार कुनै कम्पनीसँग एक–दुई जना रहे पनि अधिकांशले विदेशी पाइलटलाई बिदा गरेका छन् ।

नेपाली हेलिकोप्टर पाइलट दुई दर्जन हाराहारी मात्र रहेकाले पर्वतारोहण र मानसरोवर जाने सिजनमा सबैजसो हेलिकोप्टर कम्पनीले विदेशी पाइलट लिन्छन् । अहिले दुवै क्षेत्रमा पर्यटक नभएका कारण हेलिकोप्टर थन्किएका छन् । विदेशी पाइलटहरुलाई पनि विदा गरिएको छ ।

साेसाइटीको तथ्यांक अनुसार व्यस्त मौसममा एउटा हेलिकोप्टरले औसत मासिक १ सय घण्टासम्म उडान गरेर प्रतिघण्टा १७ सय डलर कमाइरहेका थिए । अहिले त हेलिकोप्टरको मासिक उडान समय साविकको तुलनामा आधा पनि पुग्दैन । भाडा पनि औसत एक हजार डलर प्रतिघण्टामा झरेको छ ।

प्रतिउडान ७०० डलरसम्म घाटा व्यहोर्नु परेको व्यवसायीहरु बताउँछन् । त्यसमाथि धेरैजसो हेलिकोप्टर थन्किएर बसेका छन् । यसबाट मासिक करोडौं रुपैयाँ घाटा भइरहेको संघको भनाइ छ ।

एकमात्र हेलिकोप्टर हुने कम्पनीले संचालन खर्च धान्न मासिक औसत ५० घण्टासम्म उड्नुपर्ने व्यावसायीहरु बताउँछन् । त्यसभन्दा बढी उडान भए मात्र त्यो कम्पनी नाफामा जान सक्छ ।

हेलिकोप्टर कम्पनी र उडानको अवस्था

कम्पनी हेलिकोप्टर संख्या उडानमा
एयर डाइनेस्टी
अल्टिच्यूड एयर
हेलि एभरेष्ट
कैलाश हेलिकोप्टर
मनाङ एयर
माउन्टेन हेलिकोप्टर
प्रभु हेलिकोप्टर
श्री एयरलाइन्स
सिम्रिक एयर
फिस्टेल एयर
मुस्ताङ हेलिकोप्टर (नयाँ कम्पनी)
कुल ३६ १३

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment