+
+
Shares

पोखरामा तीन जना कोरोना संक्रमितको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २० गते १५:४०

२० मंसिर, काठमाडौं । कास्कीको पोखरामा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार फिस्टेल अस्पतालमा दुई जना र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकजना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको हो ।

पोखरास्थित फिस्टेल अस्पतालमा पोखरा महानगरपालिका-१२ का ८० वर्षीय पुरुषको शनिबार मध्याह्न १२:१५ बजे र सोही महानगरपालिका-११ की ७२ वर्षीया महिलाको शुक्रबार राति ८:४५ बजे मृत्यु भएको डा. शर्माले बताए । ८० वर्षीय पुरुषमा मंसिर १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने ७२ वर्षीय महिलामा मंसिर १८ गते संक्रमण पुष्टि भएको थियो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोखरा महानगरपालिका-१७ का ५७ वर्षीय पुरुषको शनिबार बिहान ४ बजे मृत्यु भएको डा. शर्माले बताए । उनीमा कात्तिक २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी मधुमेहका बिरामी समेत थिए ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६६ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?