Comments Add Comment

चलचित्र क्षेत्र खुला गर्न सरकारको ध्यानाकर्षण

२१ मंसिर, काठमाडौं । चलचित्र क्षेत्र खुला गर्नका लागि नेपाल चलचित्र निर्माता संघले सरकारको ध्यानाकर्षण गराएको छ । नेपाल चलचित्र निर्माता संघले सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङलाई भेटेर ध्यानाकर्षण गराएका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य समेत रहेका संघका अध्यक्ष आकाश अधिकारीले लामो समयदेखि चलचित्र क्षेत्र बन्दा हुँदा निकै ठूलो क्षति बेहोर्नु परेको भन्दै तत्काल खुलाउनु पर्ने बताए ।

९ महिना देखि चलचित्र क्षेत्र पुरै बन्द रहेको र यसले यो क्षेत्रका धेरै व्यक्तिहरु पलायन नै हुने खतरा रहेको भन्दै तत्काल खुला गर्नु पर्ने अधिकारीले बताए ।

नायक भुवन केसीले पनि चलचित्र क्षेत्र पुरै बन्द हुँदा चलचित्र प्राविधिकदेखि लिएर कलाकारसम्म प्रवाभित भएको बताए । लामो समय आम्दानी नै बन्द हुँदा कलाकारहरु पनि निकै समस्यामा परेको भन्दै उनले तत्कालै यो क्षेत्र खुलाउनु पर्ने बताए ।

चलचित्र संघको माग उद्योग वाणिज्य महासंघले पनि ऐक्वेवद्धता जनाउँदै चाडो खोल्नु पर्ने बताएको छ । महासंघका वस्तुगत उपाध्यक्ष अञ्जन श्रेष्ठले चलचित्र उद्योगलाई बचाउनका लागि पनि तत्कालै खोल्नु पर्ने बताए । यसका लागि सञ्चार मन्त्रालयले पहलकदमी लिनु पर्ने बताए ।

संघका तर्फबाट चलचित्र क्षेत्र सुधारका लागि गर्नु पर्ने विषयहरु समेटेर ७ पृष्ठ लामो सुझाव पत्र समेत बुझाइएको छ । पत्रमा कोभिड–१९ आवधिक चलचित्र छायांकन कार्यविधि गठन गर्न समेत माग गरिएको छ ।

कोभिड–१९को असर रहेसम्मका लागि कार्यविधिमा एक अनुगमन तथा नियन्त्रण समिति समेत गठन गर्नुपर्ने उल्लेख गरिएको छ । चलचित्र क्षेत्रका आवश्यक सामाग्रीका लागि भन्सार छुटदेखि ऋण सुविधासम्मको माग सुझाव पत्रमा गरिएको छ ।

मन्त्रालयका सचिव हरि प्रसाद वस्यालले सबै क्षेत्र खुला भइसकेको र यो क्षेत्र पनि खुला गर्नका लागि कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समिति (सीसीएमसी) पुगिसेको जानकारी दिए । उनका अनुसार सीसीएमसीले सिफारिस गरेर मन्त्रिपरिषद्ले निर्णय गरे खुला हुने बताए ।

मन्त्री गुरुङ चलचित्र क्षेत्रको विकासका लागि सरकार आवश्यक सहयोग गर्न तयार रहेको बताए । ऋण सुविधा, भन्सार छुट लगायतका विषयहरु भने अर्थमन्त्रालय अन्तर्गत पर्ने भएकाले नीतिगत रुपमा व्यवस्थाका लागि सम्बन्धीत मन्त्रालयमा जानु पर्ने बताए । आफ्नो मन्त्रालयमार्फत गर्न सकिने विषयहरुमा भने आफू सहजीकरण गर्न तयार रहेको मन्त्री गुरुङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

ऊ… ऊ… सगरमाथा !

Advertisment