Comments Add Comment

कंगनामाथि मिका र स्वराको आक्रोश

किसानको आन्दोलनमा सहभागी भएकी बृद्धा मोहिन्दर कौरमाथि टिप्पणी गरेपछि बलिउड नायिका कंगना रनावत विवादमा फसेकी छिन् । गायक मिका सिंहदेखि नायिका स्वरा भास्करसम्मले कंगनाको विरोध गरेका छन् ।

गायक मिका सिंहले त कंगनालाई आफूहरुको बाटोमा नहिड्न चेतावनी समेत दिएका छन् । सामाजिक संजालमा मिकाले लेखेका छन्–‘हाम्रो उद्देश्य किसानहरुलाई समर्थन गर्नु हो । यसैले, हामीले कंगनालाई भन्दा किसानहरुको आन्दोलनमा ध्यान दिन जरुरी छ । जतिबेला कंगनाले बलिउडका कलाकारहरु करण जोहर, रणवीर सिंह, ऋतिक रोशनलाई टार्गेट गर्छिन्, उनको विरोध कम हुन्छ । तर, किसानहरुको विचमा कंगना तिमी नआउ । तिमी आफ्नो अर्थहिन पोष्ट गर, कुनै समस्या छैन । तर, हाम्रो बाटोमा बिर्सिएर पनि नआउनु ।’

यस्तै, नायिका स्वरा भाष्करले कंगनाको प्रतिक्रियालाई घटिया भन्दै उनले बिष निकाल्ने काम गरेको प्रतिक्रिया दिएकी छिन् । स्वराले कंगनाले गर्ने कुनै पनि पोष्ट कुनै न कुनै एजेन्डाबाट प्रभावित हुने पनि बताएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment