Comments Add Comment

कोरोना भाइरस संक्रमणबाट थप ६ जनाको मृत्यु

२१ मंसिर, काठमाडौं  । कोरोना भाइरस स‌ं‌क्रमणका कारण थप ६ जनाको मृत्यु भएको छ ।

काठमाडौंका २ जना, झापा, रुपन्देही, सुर्खेत र कैलालीका १/१ जनाको मृत्यु भएको सम्बन्धित अस्पताल र  प्रदेशका सामाजिक विकास मन्त्रालयले जनाएका छन् ।

  • बिर्तामोड नगरपालिका–८ झापाकी ४५ वर्षकी महिलाको शनिबार राति १२ बजे बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । मंसिर १९ गते संक्रमण पुष्टि भएकी उनलाई सोही दिन अस्पताल भर्ना गरिएको थियो ।
  • काठमाडौंकी ८१ वर्षकी महिलाको मंसिर २० गते मृत्यु भएको छ । मंसिर ९ गते संक्रमण पुष्टि भएकी उनी १३ गते अस्पताल भर्ना भएकी थिइन् । उनमा मिर्गौला, मधुमेह र उच्च रक्तचापको रोग थियो ।
  • काठमाडौंका ७७ वर्षका पुरुषको मंसिर १९ गते मृतयु भएको छ मंसिर १० गते संक्रमण पुष्टि भएका उनी १४ गते अस्पताल भर्ना भएका थिए । उनमा मधुमेह र उच्च रक्तचापको समस्या थियो ।
  • सैनामैना नगरपालिका–१, रुपन्देहीकी ५५ वर्षकी महिलाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आइतबार विहान मृत्यु भएको छ । मंसिर ९ गते संक्रमण पुष्टि भएकी उनी स्वासप्रश्वासमा समस्या देखिएपछि ११ गते अस्पताल भर्ना भएकी थिइन् ।
  • पञ्चपुरी नगरपालिका–६ सुर्खेतका ५३ वर्षका पुरुषको शनिबार साँझ साढे ८ बजे सुर्खेतस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको छ । मंसिर ९ गते संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमै बसेका उनलाई स्वास्थ्यमा समस्या आएपछि अस्पताल लगिएको थियो ।
  • धनगढी उपमहानगरपालिका–६, कैलालीका ३५ वर्षका पुरुषको आइतबार विहान नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको छ । मंसिर १५ गते अस्पताल भर्ना भएका उनमा सोही दिन संक्रमण पुष्टि भएको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment