Comments Add Comment

खेलाडीहरूसँग रिसाए कोमन

काठमाडौं । च्याम्पियन्स लिगमा युभेन्ट्ससँग खेल्नुअघि ला लिगामा काडिजसँग हार व्यहोरेपछि बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोमन खेलाडीहरूसँग रिसाएका छन् ।

बार्सिलोना च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरिसकेको छ र समूह विजेता बन्न बराबरी भए पुग्छ ।

तर च्याम्पियन्स लिगमा समूह चरणको अन्तिम खेलअघि प्रिम्याच कन्फ्रेन्समा कोमनले भनेका छन्, म नाटक गरिरहेको छैन । यदि म हारेँ भने निराश हुनेछु र यही हिजोको बैठकमा मैले खेलाडीहरूलार्इ भनेको छु ।’

उनले अघि भनेका छन्, ‘हाम्रो लक्ष्य भनेको जितका लागि कोसिस गर्नु र जित्नु हो । च्याम्पियन्स लिगमा हामी हाम्रो समूहको शीर्ष स्थानमा रहन चाहन्छौँ ।’

‘बार्सिलोनामा हुनुको मतलब हामी धेरै गोल स्वीकार गर्न सक्दैनौं, जुन यो सिजन भइरहेको छ ।’

बार्सिलोनाको लागि अर्को खराब समाचारको रुपमा ओस्मान डेम्बेलेको चोट पनि हो । ‘उनको विगतको चोटबारे हामीलाई थाहा छ, तर ऊ निको हुन चाहन्छ’ कोएमनले भने ।

२०२०/२१ को सिजनपछि मेस्सीको भविश्यबारे अफवाहहरु फैलिरहेको बेला कोमनले अर्जेन्टाइन खेलाडीसँगको कुराकानी महत्वपूर्ण रुपमा लिएका छन् । ‘मेरो चाहना भनेको खेल र खेलमा भइरहेका विषयमा कुरा गर्नु हो, जुन कुनै प्रशिक्षक र कप्तानसँग हुन्छ,’ उनले भने ।

‘कोचको रूपमा म सँधै प्रत्येक खेलाडीको धेरै प्रदर्शन खोजिरहेको हुन्छु, हाम्रो आक्रमणमा लियो एकदम महत्त्वपूर्ण छ, धेरै चालहरू उसको खुट्टाबाट सुरू हुन्छ’ उनले भने, ‘मलाई लाग्दैन उसले गल्ती गरेको छ । म उनीसँग सहमत छु कि उनलाई धेरे कुराहरुमा दोष लगाइएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment