Comments Add Comment

मेस्सी भर्सेस रोनाल्डो बहुप्रतिक्षित भिडन्त

२२ मंसिर, काठमाडौं । विश्व फुटबलमा वर्तमान समयमा दुई चर्चित र उत्कृष्ट पुटबलर हुन् अर्जेन्टिनाका लिओनल मेस्सी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डो । यी दुईबीच को उत्कृष्ट भनेर सधैँ चर्चा भइरहन्छ । यी दुईले एउटै क्लबबाट त कहिल्यै खेलेनन् तर लामो समय स्पानिस ला लिगामा प्रतिस्पर्धीका रुपमा रहे ।

रोनाल्ड रियल मड्रिड छाडेर इटालियन क्लब युभेन्ट्स लागेपछि भने यी दुईको भिडन्त निकै कम बन्यो । यी दुई बीचको खेल हेर्नका लागि अहिले च्याम्पियन्स लिगको प्रतिक्षा गर्नुपरेको छ ।

युरोपियन च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको अन्तिम खेलमा आज राति यी दुई फुटबलर भिड्दैछन् । दुवैले नकबउट चरणमा स्थान पक्का गरिसकेका छन् । अहिले चर्चा मेसी र रोनाल्डो एक बपसमा मैदान उत्रने विषयमा छ ।

यसै सिजन युभेन्ट्सका प्रशिक्षक बनेका आन्द्रे पिर्लोको यस सिजन प्रशिक्षकको रुपमा आलोचन भइरहेको छ । तर मेसी र रोनाल्ड एउटै पिचमा पुनर्मिलन हुँदा बार्सिलोना विरुद्ध उनै पिर्लोले इटालियन क्लबको नेतृत्व गर्नेछन् । अहिले यी दुईको भेट प्रतिक्षित बनेको छ ।

दुई खेलाडीले खेलमा एक युगलाई नै परिभाषित गरेको छ । दुवै फुटबल खेल्ने सर्वोत्कृष्ट खेलाडीको भनि दावी भइरहेको छ । बार्सिलोना र रियल मड्रिडमा खेल्दा उनीहरुको करियरको नियमित रुपमा अघि बढिरह्यो ।

रोनाल्डो र युभेन्सले समूह विजेता बन्नको लागि कम्तीमा क्याम्प नोउमा ३-१ को जित हात पार्नुपर्नेछ ।

रोनाल्डो युभेन्ट्स लागेपछि यी दुई बीचको पहिलो भिडन्त च्याम्पियन्स लिगको पहिलो लेगमा हुने तय थियो । तर रोनाल्डोलाई कोभिड पोजेटिभ देखिएपछि उनले पहिलो लेग मिस गरे ।

यी दुईबीचको सबैखाले भिडन्तमा मेसीले १६ खेल जितेका छन् भने रोनाल्डोले १० खेल मात्र जितेका छन् । उनीहरु च्याम्पियन्स लिगमा समेत ५ पटक भिडेका छन् र दुवैले समान २ खेलमा जित हात पारेका छन् ।

रोनाल्डो र मेसी बीचको अन्तिम भिडन्तबारे जान्न ६ मे २०१८ मा फर्किनुपर्ने हुन्छ । उक्त खेल २-२ को बराबरीमा सकिएको थियो । त्यसपछि दुबै खेलाडी टाढा रहे । मेसी क्याटोलोनियामै रहे र रोनाल्डो उत्तरी इटलीमा गोल गर्न थाले ।

‘क्रिस्टियानो रोनाल्डो एक विशेष प्रतिद्वन्द्वी हुन् जो सधैंभरि रहिरहन्छन्,’ मेस्सीले धेरै समय अघि भनेका थिए । यो धेरै वर्षसम्म चलिरह्यो र यति लामो समयसम्म त्यस्तो उच्च स्तर कायम गर्न सजिलो छैन । जब क्रिस्टियानो पिचमा हुन्छन, ती खेलहरूको सँधै विशेष अर्थ रहन्थ्यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment