Comments Add Comment

बार्सिलोनामा मेसीलाई के को मोह ?

२३ मंसिर काठमाडौं । स्पेनिस ला लिगामा १० खेल सकिँदा बार्सिलोना लिग लिडर एटलेटिको मड्रिडभन्दा १२ अंकले पछि छ । अहिलेसम्म बार्सिलोनाले जम्मा १४ अंक जोडेको छ ।

जब परिस्थिति राम्रो हुँदैन सबैको नजर क्याम्पनोउका सुपर स्टारमा केन्द्रित हुन्छ, अर्थात लिओनल मेसीमा ।

धेरैले उनलाई टिमले राम्रो गर्न नसकेको दोष दिन्छन् र क्लबमा समस्या पर्दा उनीमाथि नै औंला उठाइन्छ । र यो पनि स्पष्ट छ कि यो सिजनमा मेसीले पनि राम्रो गर्न सकिरहेका छैनन् ।

बार्सिलोनाका प्रशंसकले एउटा काम गर्नुपर्छ, उनीहरुले मेसीलाई क्लब छोड्ने निर्णय उल्टाउन प्रेरित गर्नुपर्छ वा कम्तीमा उनलाई यहीँ बस्नुपर्ने कारण दिनुपर्छ ।

यसै साता चार्ल्स टस्कट्सले केही सन्देश क्लबमार्फत पठाए कि आर्थिक रुपमा हेर्दा मेसीलाई बेच्नु राम्रो हुनेछ ।

मेसी अझै बार्सिलोना छोड्नेबारे सोच्दैछन् । क्याडिज विरुद्धको खेलले मेसीलाई केही पनि फाइदा भएको छैन । मेसी बस्नुपर्ने सबैभन्दा शक्तिशाली तर्क भनेको टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नु हो ।

ला लिगामा धेरै खेल खेल्न बाँकी रहेपनि अब उसको उपाधि यात्रा धेरै कठिन बनेको छ । सबैभन्दा खराब कुरा यो हो कि टिमले आश्चर्यजनक रुपमा पुनरागमन गर्ने सम्भावना पनि छैन  ।

बार्सिलोनाको खराब फर्मको लागि मेसीलाई जिम्मेवार ठहराइन्छ । जबकी अन्य कारक पनि महत्वपूर्ण छन् । यो तर्क गरिएको छ कि जोसेप मारिया बार्टोमेउ गएपछि, मेसीले आफ्नो विचार बदल्नुपर्छ ।

अराजक आर्थिक स्थितिको अर्थ नयाँ खेलाडीको अनुबन्ध असम्भव जस्तै देखिएको छ । र कसैलाई बिक्री गर्नुअघि बार्सिलोनाले कुनै खेलाडी किन्न सक्ने छैन ।

अध्यक्षको चुनावको साथसाथै सबै ९ उम्मेदवारहरु नै मेसीको बारेमा कुरा गर्न छाड्दैनन् र उनलाई क्लबमै राख्न सहयोग गरिरहेका छैनन् । यदि उनीहरु साँच्चै बार्सिलोनाको कप्तान क्याम्पनोउमा बसिरहोस् भन्ने चाहन्छन् भने यो उनलाई उत्साहित पार्ने समय आएको छ ।

अहिलेको अवस्थामा, क्लबमा भइरहेको सबै घटनाहरुको माझ मेसी बस्ने सम्भावना कम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment