Comments Add Comment

कक्षा १-१० सम्मका विद्यार्थीका लागि ‘इ–क्लास नेपाल’ एप सार्वजनिक

फाइल तस्वीर

२३ मंसिर, काठमाडौं । कक्षा १ देखि १० सम्मका विद्यार्थीका लागि ‘इ–क्लास नेपाल’ एप आएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले निर्माण गरेको एप शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले मंगलबार सार्वजनिक गरेका हुन् ।

नोवेल कोरोना भाइरस (कोभिड-१९) महामारीका बेला घरमै बसेर सुरक्षित तरिकाले सिकाइलाई निरन्तरता दिने उद्धेश्यले एप ल्याइएको केन्द्रले जनाएको छ । केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालले कक्षा १-१० सम्मको स्वीकृत पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षक निर्देशिका र यसअघि निर्मित सिकाइ सामग्रीहरू समेटेर एप तयार पारिएको जानकारी दिए । उनका अनुसार एपमा यसअघि तयार पारिएका अनलाइन शैक्षिक सामग्री, युट्युब, इबुक्स, पाठ्यपुस्तकमा समेटिएका प्रत्येक पाठ विद्यार्थीले पढ्न सक्नेछन् ।

कक्षा ११ र १२ को पाठ्यसामग्री पनि एपमा समेट्ने प्रयास भइरहेको केन्द्रले जानकारी दिएको छ ।

शिक्षा मन्त्री पोखरेलले कोभिड महामारीका बेला शैक्षिक सत्र खेर जान नदिन विभिन्न वैकल्पिक सिकाइ मोडेलहरू अपनाइएको बताए । सुरक्षित रहँदै सिकाइलाई निरन्तरता दिन एप उपयोगी हुनेमा आफू विश्वस्त रहेको पोखरेलको भनाइ छ ।

शिक्षा मन्त्री पोखरेलले विश्वविद्यालयको अध्ययनलाई निरन्तरता दिने विषयमा छलफल भइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment