+
+
Shares

५१३ जना अधिकृतको लागि विज्ञापन खुल्यो, १५३ जना बढुवाबाट पदपूर्ति हुने

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २४ गते ८:०५

२४ मंसिर, काठमाडौं । लोक सेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सरहका ५१३ पदमा विज्ञापन खुलाएको छ । यसमध्ये १५३ जना जेष्ठताको आधारमा बढुवामार्फत् पदपूर्ति गरिने छ । बाँकी पदहरुमा भने खुला तथा सामावेशीको आधारमा पदपूर्ति हुने लोक सेवा आयोगले जनाएको छ ।

सामान्य प्रशासन मन्त्रालयले रिक्त पदको विवरण संकलन गरी पदपूर्तिका लागि लोक सेवा आयोगलाई आग्रह गर्दछ । मन्त्रालयको विवरणअनुसार लोक सेवा आयोगले परीक्षा सन्चालन गरी पदपूर्तिका लागि सिफारिस गर्दछ ।

लोक सेवा आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीका अनुसार सामान्य प्रशासन समूहमा खुलातर्फ ४४ अधिकृत पदमा विज्ञापन खुला भएको छ । यसैगरी राजश्वमा ४१, लेखामा ३४, लेखा परीक्षणमा १२ र परराष्ट्र सेवामा १ पदमा खुलातर्फ विज्ञापन खुलेको छ ।

लोक सेवा आयोगले खुलाएको विज्ञापनको विवरण यसप्रकार छ–

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?