Comments Add Comment

उचाइ नाप्न सगरमाथाको चुचुरोमा पुगेका टोली सम्मानित

२४ मंसिर, काठमाडौं । उचाइ मापनका लागि विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरो पुगेका टोली सम्मानित भएका छन् ।

निजामती पर्वतारोही संघले बुधबार प्रमुख नापी अधिकृत इन्जिनियर खिमलाल गौतम, नापी अधिकृत रविन कार्की, सर्वेक्षक सुरजसिंह भण्डारी र अमिन युवराज धिताललाई सम्मान गरेको हो ।

नेपाल र चीनले सगरमाथाको उचाइ ८८४८.८६ मिटर रहेको मंगलबार संयुक्त रुपमा घोषणा गरेको छ । उचाइ मापनका लागि इन्जिनियर गौतम नेतृत्वको टोली ८ जेठ २०७६ मा सगरमाथाको चुचुरोमा पुगेको थियो । गौतमका अनुसार बिहान ३ बजे टोलीले शिखर चुमेको थियो ।

निजामती कर्मचारी टोलीले पहिलो सन् २०११ मा सगरमाथा आरोहरण गरेका थिए । त्यो टोलीमा गौतम पनि थिए ।

‘त्यतिबेला आरोहरण गरेको अनुभव उचाइ मापनमा उपयोगी भयो’ सम्मान ग्रहण गर्दै गौतमले भने ।

नेपाल सरकारका पूर्वमुख्य सचिव लिलामणि पौडेलले सगरमाथा उचाइ मापन कसरी गरियो भन्ने विषय पाठ्यक्रममा समेट्नु पर्नेमा जोड दिए । पूर्वपरराष्ट्र सचिव दुर्गा भट्टराईले सीमित साधन स्रोतका बावजुद नेपालले ऐतिहासिक कार्य सम्पन्न गरेको धारणा राखे ।

तस्वीरहरूः शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment