+
+
Shares

प्रदेश २ का हिरासत कक्ष र कारागारमा टेलिभिजन प्रदान

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २५ गते १४:१३

२५ मंसिर, जनकपुरधाम । प्रदेश २ का हिरासत कक्ष र कारागारमा टेलिभिजन उपलब्ध गराइएको छ ।

विश्व मानवअधिकार दिवसको अवसर पारेर प्रदेश २ को मुख्य न्यायाधिवक्ताको कार्यालयले प्रदेशका आठ वटै जिल्ला प्रहरी कार्यालयको हिरासत कक्ष र सप्तरी तथा महोत्तरीको कारागारमा टेलिभजिन सेट उपलब्ध गराएको हो । टेलिभिजन सेटसँगै डिस होमको ३ महिनाको रिजार्च समेत गरिदिएको मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले जानकारी दिए ।

उनका अनुसार प्रदेशभित्रका हिरासत तथा कारागार कार्यालय सुधारका लागि सहयोग कार्यक्रम अन्तर्गत ३२ इन्चको टेलिभिजन प्रदान गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?