+
+
Shares

आम–मानिसलाई सहयोगका लागि सोनुले लिए १० करोड ऋण

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २५ गते १४:२२

बलिउडका कलाकार सोनु सुदले लकडाउनको समयमा साधारण मानिसहरुका लागि ठूलो सहयोग गरे । अहिले पनि उनको सहयोग कार्य जारी छ ।

सोनुले मानिसहरुलाई एक ठाउँबाट अर्को ठाउँमा पुर्याउन होस् या उनीहरुको आवश्यकता पुरा गर्नका लागि होस्, कुनै कसर बाँकी राखेनन् । यसैले पनि आम मानिसलाई सहयोगका लागि सोनुले ठूलो धनराशी खर्च गरेका छन् ।

तर, यसका लागि सोनुले १० करोड रुपैयाँ ऋण लिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । उनले आफ्ना विभिन्न ८ वटा प्रोपर्टी बैंकमा राखेर १० करोड ऋण लिएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

जुहु इलाकामा रहेको विभिन्न प्रोपर्टी उनले बैंकमा धितो राखेका हुन् । सोनु र उनको श्रीमतीको नाममा रहेको सम्पत्ती धितो राखिएको हो । उनले लिएको ऋणको मासिक ब्याज समेत तिर्नुपर्नेछ । यो बिषयमा सोनुले भने आधिकारिक रुपमा केही पनि बताएका छैनन् ।

सोनुले लकडाउनको समयमा प्रवासी मजदुरलाई घर पुर्याउने काम मात्र गरेनन्, मेडिकल स्टाफदेखि पुलिसका जवानहरुलाई समेत सहयोग गरेका थिए । यसैले, सोनु भारतका जनतामाझ निकै लोकप्रिय बनेका छन् । सोनुले अब आफूले बृद्धबृद्धाहरुको घुँडाको अप्रेशन गर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?