Comments Add Comment

अधिकारी र गैरेलाई मानव अधिकार सम्मान र पुरस्कार

२५ मंसिर, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले प्रदान गर्ने दयाराम स्मृति मानव अधिकार सम्मान यस वर्ष मानव अधिकारकर्मी तथा अभियन्ता डा. रेणु अधिकारीले पाउने भएकी छन् ।

आयोगले बिहीबार विज्ञप्ति जारी गरी उक्त सम्मान अधिकारीलाई दिने निर्णय गरेको जानकारी दिएको छ । अधिकारी महिला मानव अधिकार रक्षक सञ्जाल (ओरेक) नेपालका संस्थापक तथा लैंगिक समानता, लैंगिक न्याय र महिला हिंसाको न्युनीकरणको अभियानमा ३ दशकदेखि काम गर्दै आएकी छन् ।

आयोगले यस वर्षको मानव अधिकार पुरस्कार भने पत्रकार तथा मानव अधिकारकर्मी झलक गैरेलाई प्रदान गर्ने भएको छ । गैरे नेपालगञ्जस्थित नेपालगञ्ज दैनिकको प्रधान सम्पादक, रेडियो भेरी आवाजका स्टेशन प्रमुख र पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य र हाल प्रदेश संयोजक छन् ।

आयोगले अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर पुरस्कार घोषणा गरेको प्रवक्ता डा. टीकाराम पोखरेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment