
२५ मंसिर, काठमाडौं । मानवअधिकारकर्मीहरुले नेपालस्थित नौ वटा दूवातावास अगाडि बिहीबार एकैसाथ प्रदर्शन गरेका छन् ।
आणविक अस्त्र निषेध सन्धी शीघ्र अनुमोदन गर्न माग गर्दै उनीहरुले काठमाडौंस्थित अमेरिका, रुस, चीन, ब्रिटेन, फ्रान्स, भारत, पाकिस्तान, इजरायल र ललितपुरस्थित उत्तर कोरियाली दूतावास अगाडि एकसाथ प्रदर्शन गरेका हुन् ।
७२ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस पारेर गरिएको प्रदर्शनमा उनीहरुले आणविक अस्त्रको विश्वव्यापी उन्मूलन हुनुपर्ने माग राखेका थिए ।
मानव अधिकार तथा शान्ति समाजका संस्थापक सदस्य एवं पूर्व महासचिव कृष्ण कँडेलले जीवजन्तु र मानिसलाई हानी हुने कुनैपनि आणविक अस्त्र राख्न नपाइने भन्दै प्रदर्शन गरिएको बताए । युद्धले विनास बाहेक केही पनि नगर्ने भएकाले विश्व शान्तिका लागि प्रदर्शन गरिएको उनले बताए ।
धर्नामा ‘आणविक अस्त्र मानवताको सबैभन्दा ठूलो सत्रु हो’ र ‘विश्व शान्ति एवं सभ्यताका लागि सबैभन्दा ठूलो खतरा हो’, ‘सबै आणविक अस्त्र नष्ट गर’, ‘आणविक अस्त्र निषेध सन्धि अनुमोदन गर’, ‘आणविक अस्त्र चाहिदैँन शान्ति मास्न पाइदैँन’ लगायत लेखिएका बयानर लिएर प्रदर्शन गरिएको थियो ।
प्रतिक्रिया 4