Comments Add Comment

७२३२ परीक्षणमा १२१७ जनामा कोरोना संक्रमण

२५ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १२१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्यतथा जनसंख्या मन्त्रालयका अनुसार ७२३२ जनाको पीसीआर परीक्षणमा ७७४ पुरुष र ४४३ महिला गरी १२१७ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४५ हजार ६५० पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १०६४ रहेको छ । हालेसम्म निको हुनेको संख्या २ लाख ३१ हजार ६०१ पुगेको छ ।

हाल देशभर १२ हजार ३८६ सक्रिय संक्रमित रहेका छन् ।

कहाँ कति संक्रमित ?

पछिल्लो २४ घण्टामा काठमाडौंमा ३३८, कैलालीमा ९४, मोरङ र कास्कीमा ६७÷६७, सुनसरीमा ६६, रुपन्देहीमा ५६, ललितपुरमा ५१, झापा र अछाममा ४८/४८, दाङमा २६, भक्तपुर, पाल्पा र बाँकेमा २५/२५, चितवनमा २२ जना संक्रमित भेटिएका छन् ।

त्यस्तै लमजुङ र कञ्चनपुरमा १९/१९, बैतडीमा १८, बझाङमा १४, गुल्मीमा १३, सप्तरीमा १२, बागलुङमा ११, काभ्रे र बर्दियामा १०÷१०, नवलपरासी र प्युठानमा ९÷९, सिराहा, गोरखा, तनहुँ र डडेल्धुरामा ८/८, धनुषा, धादिङ र डोटीमा ७/७, मकवानपुर र कपिलवस्तुमा ६/६ जना संक्रमित फेला परेका छन् ।

ताप्लेजुङ, महोत्तरी र नुवाकोटका ५/५, बारा, रसुवा, स्याङ्जा र अर्घाखाँचीमा ४/४, उदयपुर, सर्लाही र सुर्खेतमा ३/३, धनकुटा, संखुवासभा, पर्सा, रौतहट, दोलखा, सिन्धुपाल्चोकर सिन्धुलीमा २/२ र इलाम, खोटाङ, पाँचथर, नवलपरासी पूर्व, डोल्पा र सल्यानमा १/१ जना संक्रमित भेटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment