Comments Add Comment

६८ वर्षीया वृद्धाको बलात्कारपछि हत्या

२५ मंसिर, विराटनगर । झापाको मेचिनगरमा ६८ वर्षीया वृद्धाको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

बिहीबार पूर्व–पश्चीम राजमार्गको झापा मेचिनगर– १३ खण्डमा पर्ने कल्भट मुनी ६८ वर्षीयको शव फेला परेको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा वृद्धाको बलात्कारपछि हत्या गरेको देखिएको प्रहरीले बताएको छ ।

वृद्धाको बलात्कारपछि हत्यामा संलग्न भएको आरोपमा भद्रपुर नगरपालिका –४ का ३५ वर्षीय विशाल बिर्जालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए ।

उनकाअनुसार हत्या आरोपीले नै वृद्धाको शव कल्भट भेटिएको सूचना दिएका थिए । सोधपुछका क्रममा उनले आफैंले हत्या गरी शव कल्भटमा फालेको स्वीकार गरेका छन् । ‘कल्भटमा शव रहेको जानकारी आएपछि अनुसन्धान सुरु गरेका थियौं,’ उनले भने, ‘अनुसन्धानका क्रममा सूचना दिने व्यक्तिले नै बलात्कारपछि हत्या गरेको स्वीकार गरेका छन् ।’

प्रहरी अनुसार बुधबार राति हत्या भएको आशंका गरिएको छ । बलात्कारपछि वृद्धाले अरुलाई सुनाउने आशंकामा मिर्जाले हत्या गरेको बयान दिएको प्रहरीले बताएको छ । वृद्धाले प्रतिकार गर्दा बिर्जाको शरीरमा पनि चोट लागेको छ ।

‘चोट कसरी लाग्यो भनेर सोधीखोजी गर्दा आफैंले हत्या गरेको स्वीकार गरेका छन्,’ डिएसपी थापाले भने, ‘शवलाई पोष्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएका छौं । रिपोर्ट आएपछि थप विषय खुल्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment