Comments Add Comment

फिफा वरीयतामा नेपालको स्थान यथावत

२५ मंसिर, काठमाडौं । विश्व फुटलको सर्वोच्च निकाय फिफाले जारी गरेको नयाँ वरीयतामा नेपाल यथावत रहेको छ । फिफाले बिहीबार जारी गरेको नयाँ वरीयतामा नेपाल १७१औं स्थानमा यथावत रहेको छ ।

दुई साताअघि फिफाले सार्वजनिक गरेको वरीयतामा नेपाल एक स्थान तल झर्दै १७१औं पुगेको थियो । फिफाले दुई सातामै नयाँ वरीयता सार्वजनिक गरेको हो । यस बीचमा नेपालले कुनै अन्तर्राष्ट्रिय खेल खेलेको थिएन ।

दक्षिण एसियाली राष्ट्रहरुमा पनि नेपाल तेस्रो स्थानमै यथावत छ । एसियामा भने नेपाल ३४औं स्थानमा छ । नेपाल भन्दा अघि रहेका भारत १०४औं र माल्दिभ्स माल्दिभ्स १५५औं स्थानमा यथावत छ । यस्तै नेपाल भन्दा पछि रहेका दक्षिण एसियाली राष्ट्रहरु बंगलादेश दुई स्थान तल झर्दै १८६औं स्थानमा पुग्दा भुटान १८९औं स्थानमा यथावत छ । यस्तै पाकिस्तान २००औं र श्रीलंका २०६औं स्थानमा यथावत छ ।

विश्व वरीयताको शीर्ष १० स्थानमा कुनै परिवर्तन भएको छैन । बेल्जियम शीर्ष स्थानमा यथावत रहँदा विश्व विजेता फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इंग्लयाण्ड चौथो, पोर्चुगल पाँचौ र स्पेन छैटौं, अर्जेन्टिना सातौं, उरुग्वे आठौं, मेक्सिको नवौं र इटली दशौँ स्थानमा यथावत छन् ।

सियन राष्ट्रहरुमध्ये जापान सबैभन्दा अगाडि २७औं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment