+
+
Shares

माछापुच्छ्रे बैंकको थप ६ शाखारहित बैंकिङ्ग सेवा सञ्चालन

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २५ गते १७:४९

माछापुच्छ्रे बैंक लिमिटेडले देशका विभिन्न स्थानमा थप ६शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले स्याङजा जिल्लाको पुतलिबजार नगरपालिका-१२, पेल्काचौर, कपिलबस्तुको शिवराज नगरपालिका-१, शिवपुर, कपिलबस्तु जिल्लाकै बुद्घभुमि नगरपालिका-०९, बिजगौरी, कन्चनपुर बेलौरी नगरपालिका-३, गोकुलपुर, दार्चुलाको व्यास गाउँपालिका-६, हुटी र जिल्ला कै मलिकार्जुन गाउँपालिका-६, उकुमामा  गरी थप ६ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।

बैकिङ्ग पहुँचदेखि टाढा रहेका ग्रामीण भेगका नागरिकमा बेंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले बैंकले शाखा रहित बैंकिङ्ग सेवामार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

देशका विभिन्न स्थानमा ६ शाखारहित बैंकिङ्ग सेवा थपभएसँगै माछापुच्छ्रे बैंक लिमिटेडको शाखारहित बैंकिङ्ग सेवा १४१ पुगेको छ ।

ग्राहक सेवा केन्द्रको रुपमा सञ्चालित उक्त शाखारहित सेवा केन्द्ररुबाट खाता खोल्न, रकम जम्मा गर्न र झिक्न, रेमिटेन्स भूक्तानीका साथै कर्जा आवेदन समेत दिन सकिने छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराउँदै आएको छ ।

बैंकले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड र तराईसम्म आफ्ना १६० वटा शाखाहरु लगायत १४१ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ३०१ स्थानवाट ग्राहकहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गर्नुका साथै, बैंकको देशभर २०० वटा एटीएमहरुमार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?