Comments Add Comment

राजावादीका कारण गणतन्त्र खतरामा : केसी

२५ मंसिर, बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजावादी र प्रतिगामी शक्तिहरुका कारण गणतन्त्र खतरामा परेको बताएका छन् । पार्टीले बुटवलमा बिहीबार आयोजना गरेको कोणसभामा बोल्दै अध्यक्ष केसीले सत्ता पक्ष र प्रतिपक्षले गणतन्त्रको दुरुपयोग गर्दा राजावादीहरुको पक्षमा जनमत बढेको बताए ।

सत्तापक्ष र प्रतिपक्षकै कमजोरी र भ्रष्टाचारमा मिलेमतोका कारण प्रतिगमनको खतरा रहेको केसीको भनाइ थियो । भारतलाई इंगित गर्दै उनले नेपाललाई हिन्दु राज्य बनाउने षड्यन्त्र भइरहेकाले गणतन्त्रवादी शक्ति एक ठाउँमा उभिनु पर्नेमा जोड दिए ।

नेताहरुको आर्थिक हैसियत विना उद्योग, व्यापार आकाशिएको भन्दै उनले सम्पत्ति छानविन गर्नुपर्ने माग गरे ।

सो पार्टीकी प्रदेश सांसद तारा जीसीले संघीय संरचना देशले धान्न नसक्ने बताउँदै ऋण खोजेर संघीयता टिकाउन नसकिने बताइन् । संघीयताकै कारण राष्ट्रियता कमजोर र संकटमा परेको उनको तर्क थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment