
२५ मंसिर, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण थप १९ जनाको मृत्यु भएको छ ।
काठमाडौंमा ४ जना, कास्कीमा ३, कैलालीमा २, संखुवासभा, झापा, मोरङ, सुनसरी, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, तनहुँ, दैलेख, कञ्चनपुरमा १/१ जनाको मृत्यु भएको प्रदेशका सामाजिक विकास मन्त्रालय र सम्बन्धित अस्पतालले जनाएका छन् ।
- दमक नगरपालिका-१० झापाका ६९ वर्षीय पुरुषको विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि नोबल मेडिकल कलेज भर्ना भएका उनलाई बुधबार बेलुका कोशी कोभिड अस्पतालतर्फ लगिएको थियो ।
- सभापोखरी गाउँपालिका–१ संखुवासभाका ७५ वर्षका पुरुषको बिहीबार दिउँसो साढे १२ बजे बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । मंसिर १० गते अस्पताल भर्ना भएका उनमा सोही दिन संक्रमण पुष्टि भएको थियो ।
- उर्लाबारी नगरपालिका–१, मोरङका ८४ वर्षीय पुरुषको होम आइसोलेसनमा मृत्यु भएको छ । बुधबार राति मृत्यु भएका वृद्धलाई दमको समस्या बढेपछि आफन्तले विराटनगरको ग्रीनक्रस अस्पतालमा मंसिर २० गते भर्ना गरेका थिए । २२ गते कोरोना पोजेटिभ देखिएपछि उनलाई घरमै लगिएको थियो ।
- रामधुनी नगरपालिका–७, सुनसरीका ६३ वर्षीय पुरुषको नोबल मेडिकल कलेजमा मृत्यु भएको छ । उनमा मंसिर २३ गते संक्रमण पुष्टि भएको थियो ।
- काठमाडौंका ८९ वर्षका पुरुषको मंसिर २४ गते मृत्यु भएको छ । मंसिर २० गते अस्पताल भर्ना भएका उनमा सोही दिन संक्रमण पुष्टि भएको थियो ।
- काठमाडौंका ३८ वर्षका पुरुषको मंसिर २५ गते मृत्यु भएको छ । मंसिर २० गते संक्रमण पुष्टि भएका उनी २१ गते अस्पताल भर्ना भएका थिए ।
- काठमाडौंका ८४ वर्षका पुरुषको मंसिर २४ गते मृत्यु भएको छ । मंसिर १४ गते अस्पताल भर्ना भएका उनमा १६ गते संक्रमण पुष्टि भएको थियो ।
- काठमाडौंकी ५१ वर्षकी महिलाको मंसिर २५ गते मृत्यु भएको छ । मंसिर १२ गते संक्रमण पुष्टि भएकी उनी २५ गते अस्पताल भर्ना भएकी थिइन् ।
- ललितपुरकी ५८ वर्षकी महिलाको मंसिर २४ गते मृत्यु भएको छ । मसिर २२ गते संक्रमण पुष्टि भएका उनी सोही दिन अस्पताल भर्ना भएका थिए ।
- भक्तपुरका २२ वर्षका पुरुषको मंसिर २४ गते मृत्यु भएको छ । मंसिर २१ गते संक्रमण पुष्टि भएका उनी २४ गते अस्पताल भर्नाभएका थिए । उनमा मिर्गौला र ब्रेन इन्जुरीको समस्या थियो ।
- काभ्रेपलाञ्चोकका ६९ वर्षका पुरुषको मंसिर २४ गते मृत्यु भएको छ । मंसिर १० गते संक्रमण पुष्टि भएका उनी ११ गते अस्पताल भर्ना भएका थिए ।
- पोखरा महानगरपालिका-१० कास्कीका ८१ वर्षका पुरुषको बिहीबार विहान ३ बजे मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको छ । उनमा मंसिर २० गते संक्रमण पुष्टि भएको थियो ।
- पोखरा महानगरपालिका-१३, कास्कीका ५१ वर्षीय पुरुषको बुधबार बिहान साढे ५ बजेतिर फिस्टेल अस्पतालमा मृत्यु भएको छ । उनमा मंसिर १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
- पोखरा महानगरपालिका-७, कास्कीका ६५ वर्षीय पुरुषको बुधबार साँझ ७ बजे चरक मेमोरियल अस्पतालमा मृत्यु भएको छ । उनमा बुधबार नै संक्रमण पुष्टि भएको थियो ।
- शुक्लागण्डकी नगरपालिका-८, तनहुँका ७४ वर्षीय पुरुषको बिहीबार बिहान सवा ३ बजे पोखराको चरक मेमोरियल अस्पतालमा मृत्यु भएको छ । उनमा मंसिर २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
- गुराँस गाउँपालिका-५, दैलेखका ८७ वर्षीय पुरुषको वीरेन्द्रनगरस्थित कर्णाली प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा उपचारका क्रममा बिहीबार विहान ८ बजे मृत्यु भएको हो । मंसिर १५ गते कोभिड-१९ अस्पतालमा भर्ना भएका उनको सोही दिन नै स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण देखिएको थियो ।
- धनगढी उपमहानगरपालिका-२, कैलालीका ६५ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको छ । मंसिर १८ गते अस्पतालमा भर्ना भएका पुरुषमा श्वासप्रश्वास सम्बन्धी समस्या थियो । भेन्टिलेटरमा राखेर उपचार उपचाररत उनको बुधबार राति मृत्यु भएको हो ।
- जमुनी, कैलालीका ६७ वर्षका पुरुषको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा बिहीबार विहान साढे ८ बजे मृत्यु भएको छ । मंसिर २२ गते कोरोना संक्रमण पुष्टि भएका उनी सोही दिन अस्पताल भर्ना भएका थिए ।
- बेलौरी नगरपालिका-९, कञ्चनपुरका ४५ वर्षका पुरुषको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा बुधबार राति पौने १० बजे मृत्यु भएको छ । मंसिर १८ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई सोही दिन अस्पताल भर्ना गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4