Comments Add Comment

मुख्य प्रशिक्षक कालिनले दिए राजीनामा, बालगोपाललाई निमित्तको जिम्मेवारी

२५ मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक योहान कालिनले राजीनामा दिएका छन् । उनले एक नोभेम्बरबाट लागू हुने गरी मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएका हुन् ।

बिहीबार बसेको अखिल नेपाल फुटबल संघ (एन्फा)को बैठकले कालीनको राजीनामा स्वीकृत गरेको छ । र, बालगोपाल महर्जनलाई निमित्त प्रमुख प्रशिक्षक नियुक्त गरेको छ ।

कालीन १ मार्च २०१९ मा नेपाली फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । उनले प्रशिक्षणमा नेपालले ११ खेल खेल्यो, जसमा एक खेल मलेसियन क्लबविरुद्ध थियो ।

कोरोना भाइरस (कोभिड–१९) को महामारी सुरु भएपछि उनी २७ मार्चमा स्वीडेन फर्किए । नेपालमा खेल गतिविधि सुरु हुँदा पनि उनी आउन सकेनन् । स्वीडेनले लगाएको यात्रा प्रतिबन्धका कारण अड्किएका उनले पदबाटै राजीनामा दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment