Comments Add Comment

कोरोना खोप परीक्षणमा समस्या देखिएसँगै अस्ट्रेलियाले रद्द गर्‍यो खरिद सम्झौता

Photo Credit : UNIVERSITY OF OXFORD

२६ मंसिर, काठमाडौं । अस्ट्रेलियाले युनिभर्सिटी अफ क्विन्सल्याण्ड र सीएसएल लिमिटेडले संयुक्तरुपमा विकास गरिरहेको खोपको अर्डर रद्द गरेको छ । अस्ट्रेलियाले उनीहरुले विकास गरिरहेको खोपका लागि पाँच करोड १० लाख डोजको अर्डर गरेको थियो । खोपको परीक्षणको क्रममा देखिएको समस्याको कारण अस्ट्रेलियाले आफ्नो अर्डर रद्द गर्ने निर्णय गरेको हो । शुक्रबार अस्ट्रेलियाले यो खरिद सम्झौता रद्द गर्दै यसको सट्टामा अन्य खोप खरिद गरिने बताएको हो ।

अस्ट्रेलियाले अक्सफोर्ड युनिभर्सिटी र एक्स्ट्राजेनेकाले विकास गरेको खोप थप २ करोड डोजको लागि अर्डर दिइसकेको छ । साथै नोभाभ्याक्सले निर्माण गरेको खोपका लागि एक करोड १० लाख डोज अर्डर दिइएको छ । सीएसएलका अनुसार कारोना खोप परीक्षणमा खोप लिएका केही मानिसमा संक्रमण नभए पनि एचआईभी पोजेटिभ देखिएको थियो । खोपका केही कम्पोनेन्टहरु एचआईभी भाइरसबाट बनेका हुन्छन् ।  त्यसैले खोप लिएका मानिसमा एचआईभी पोजेटिभ पाइएको हो । तर उनीहरुमा संक्रमणको कुनै जोखिम नरहेको कम्पनीको भनाइ छ । खोपको परीक्षण हुनुभन्दा अगाडि नै यस्तो हुने आकलन गरिएको र स्वयंसेवकहरुलाई पनि यस विषयमा चेतावनी दिइएको सीएसएलले बताएको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment