
गायिका अन्जु पन्तको स्वर तथा संगीतमा तयार भएको ‘धेरै माया नदेउ मलाई’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा सुरेश वाग्लेको शब्द छ । निकेश खड्काले निर्देशन गरेको यो गीतको भिडियोमा विकास धमलाको सम्पादन, धिरजजंग शाहको छायांकन छ ।
यो गीतको भिडियोबाट गायिका पन्तकी छोरी परितोशिका पन्तले मोडलिङमा पाइला चलेकी छिन् । भिडियोमा उनलाई मोडल कुनसाङ बोमजमले साथ दिएका छन् । परितोशिकाले अब आफू म्यूजिक भिडियो र चलचित्रमा काम गर्ने सोचका साथ आएको बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4