Comments Add Comment

नेपाल–भारत सम्बन्ध सुदृढ बनाउन राजनीतिक नेतृत्व जरुरी : मन्त्री ज्ञवाली

२६ मंसिर, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले नेपाल–भारत सम्बन्धलाई थप सृदृढ बनाउन राजनीतिक नेतृत्व (पोलिटिकल लिडरसीप) एकदमै जरुरी भएको बताएका छन् ।

हाल नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेसँगको भेटमा ज्ञवालीले सो कुरा बताएका हुन् । चौथाइवालेसँगको भएको कुराकानीबारे ज्ञावलीले अनलाइखबरसँग गरेको कुराकानी उनकै शब्दमाः

‘पार्टीहरुका बीचमा अनुभवहरुको आदान–प्रदान लगायतका विषयमा कुराकानी भएको छ । त्यसबाहेक मसंगको कुराकानीमा भारतले डायस्पोराको ज्ञानलाई आफ्नो विकासमा जोडेको छ, त्यसका अनुभवहरु पनि हाम्रा लागि उपयोगी हुनसक्छन्, हामी त्यो सेयरिङ गर्न चाहन्छौं भन्ने कुरा भएको छ ।

समष्टीगत रुपमा मैले उहाँलाई नेपाल–भारत सम्बन्ध वहुआयामिक र व्यापक छ, यो सम्बन्धलाई थप सृदृढ बनाउन पोलिटिकल लिडरसीप एकदमै जरुरी हुन्छ भनेको छु । त्यस कारण उच्च राजनीतिक तहमा कम्युनिकसेन र समझदारी सबैभन्दा महत्वपूर्ण कुरा हो, त्यो लुज हुँदा विभिन्न खालका अन्य पक्षहरु प्रिभेल गर्छन् जुन सम्बन्ध विस्तारका लागि उचित हुँदैन ।

नेपालले भारतसँगको सम्बन्धलाई बलियो बनाएर लैजान चाहन्छ, खासगरी आर्थिक साझेदारीमा केन्द्रित भए् । संगसंगै इतिहासले नसुल्झाइनकन छोडेका केही विषयहरु छन्, जुन विषयहरुलाई छिटो भन्दा टुंग्याउन सकेमा मात्रै सम्बन्ध बलियो हुन्छ ।

नत्र ती विषयहरु इरिनेन्टस्को रुपमा रहन्छ । त्यसैले हामीले त्यसका लागि राजनीतिक नेतृत्वलाई एउटा उपयुक्त वातावरण बनाउन आग्रह गर्नुपर्छ । त्यसबाहेक कोभिडलगायतका कुराहरु पनि गरौं ।’

नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेले शुक्रबार राजनीतिक दलका नेताहरुसँग भेटघाट गरेका छन् ।

विहीबार प्रधानमन्त्री केपी ओलीलाई भेटेका उनले शुक्रबार नेकपाका महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलगायतका नेताहरुसँग छुट्टाछुट्टै भेट गरेका छन् । महासचिव पौडेलको निमन्त्रणमा उनी नेपाल भ्रमणमा आएका हुन् ।

भेटपछि परराष्ट्रमन्त्री ज्ञवालीले दुईपक्षीय सम्बन्धका बृहत पक्षहरुबारे छलफल भएको जानकारी दिएका छन् ।

नेम्वाङसँगको भेटमा दुई देशका जनताको बीचमा लामो समयदेखि रहेको मित्रवत सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा कुराकानी भएको थियो ।

‘दुई देशका राजनीतिक दलहरु बीचको सम्बन्धलाई अझ सुदृढ बनाउने, दुई देशका संसद–संसद बीचमा सहकार्य विस्तार गर्नुपर्ने विषयमा जोड दिएको छु,’ नेम्वाङले अनलाइखबरसँग भने ।

‘हामीलाई लागेको कुरा उहाँहरुसँग भन्ने, उहाँहरुले आफूलाई लागेको कुरा हामीसँग राख्दा र पार्टीहरुको बीचमा सम्बन्ध राम्रो हुँदा त्यसले दुई पक्षीय सम्बन्ध थप सुदृढ बनाउन सहयोग पुग्छ भन्ने विषय मैले राखेको छु,’ नेम्वाङले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment