Comments Add Comment

द ब्रिटिस कलेजमा हस्पिटालिटी बिजेनश म्यानेजमेन्टको पढाई सुरु

२६ मंसिर, काठमाडौं । थापाथलिस्थित ‘द ब्रिटिस कलेज’ले बिएसस्सी (हन्स) हस्पिटालिटी बिजेनश म्यानेजमेन्टको पढाई सुरु गरेको छ । कलेजद्वारा सञ्चालिन नयाँ कोर्ष बेलायतको लिड्स बेक्केट विश्वविद्यालयसँगको सहकार्यमा सुरु भएको हो ।

बिजनेश कोर्षका लागि एउटा प्रतिष्ठित शैक्षिक संस्थारूपमा आफूलाई स्थापित गराउँदै द ब्रिटिस कलेजले सोही उत्साहका साथमा हस्पिटालिटी क्षेत्रमा पाइला अघि सारेको हो ।

कलेजद्वारा सञ्चालित यो चार वर्षे बीएचएम शैक्षिक कार्यक्रमले विद्यार्थीहरुलाई हरेक रूपमा सक्षम बनाउने र कुनै पनि चुनौतीको सामना गर्नसक्ने साथै, रचानात्मक उद्यमी र आलोचनात्मक रुपमा सुचित गतिशिल बनाउने लक्ष्य लिएको छ ।

त्यस्तै, बिएचएमको अध्ययन पुरा भएपछि विद्यार्थीहरु सोझै हस्पिटालिटी क्षेत्रमा योगदान गर्नका लागि तयार हुने कलेजको दाबी छ ।

हस्पिटालिटी पछिल्लो समय विश्वकै सबैभन्दा धेरै रोजगारी भएको दोस्रो रोजगारी क्षेत्र हो । प्रत्येक वर्ष ७० लाख जागिर यस क्षेत्रमा खुल्ने अनुमान गरिन्छ । द ब्रिटिस कलेजले विद्यार्थीहरुलाई स्पेशलिष्ट जस्तै उनीहरुले रोजेको क्षेत्रको तालिम प्रदान गर्नेछ । होटल, रिसोर्ट, केटरिङ, बैँक, पानीजहाज, उड्ययन र अन्य धेरै क्षेत्रमा हस्पिटालिटी अध्ययन गरेका विद्याथीहरुले रोजगारीको अवसर पाउनेछन् ।

कोर्षमा केन्द्रित भएर हेर्दा सैद्धान्तिक र व्यवहारिकताबीच बलियो सम्बन्ध रहेको छ । उच्चयोग्य संकाय सदस्यहरुबाट सानो वर्ग बनाएर सेमिनार, लेक्चर्सर ट्युटोरियलमार्फत गुणस्तरीय शिक्षा प्रदान गर्नेछ । कलेजले व्यवहारिक पक्षलाई समेत मध्यनजरगर्दै समाबेशी तथा अत्याधुनिक किचन, रेष्टुरेन्टर रिसेप्सनको व्यवस्था गरेको छ ।

विद्यार्थीहरुले नयाँ प्रविधि जुन इन्डस्ट्री स्टाण्डर्डका रहेका छन् । त्यसको प्रयोगगरी आफ्नो वर्कसपहरु गर्न सक्नेछन् । विद्यार्थीहरुले डाइनिंग सर्भिस, कुलिनरीआट्र्स, फ्रन्टअफिस, हाउसकिपिङ र अन्य धेरै कुराहरु यो वातावरणमा अभ्यास गर्न पाउनेछन् ।

साथै, विद्यार्थीहरुले यसक्षेत्रसँग सम्बन्धित रहेका कलेजका प्रतिष्ठित औद्योगिक पार्टनरहरुसँग फिल्डवर्क गर्नपाउने छन् । जहाँ उनीहरुले कुनै पनि चुनौतीको सामना गर्न र समाधान खोज्न साथै नयाँ अवसरहरुलाई हात पार्न सक्नेछन् । त्यस्तै, विद्यार्थीहरुले ९-१२ महिने इन्टर्नसिप गर्न पाउनेछन् । प्राप्त अनुभवले उनीहरु ठूला अन्तराष्ट्रिय कम्पनीमा आफुलाई संगठित बनाउन सहयोग गर्ने कलेजको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment