Comments Add Comment

खेति मोबाईल एप र उपाय सिटी कार्गोबीच सहकार्य

२६ मंसिर, काठमाडौं । स्थानीय कृषि र खाद्यन्न क्षेत्रको आपूर्ति श्रृंखला व्यवस्थापनमा डिजिटल प्रविधि कम्पनी डिभी एक्सलसर खेति मोबाईल एप र उपाय सिटी कार्गो बीच सहकार्य भएको छ । वि.सं. २०१६ मा स्थापना भएको डिभी एक्सलस प्रालिले २०१९ सालको शुरुवातदेखि खेति मोबाईल एप बजारमा ल्याएको थियो । खेति मोबाईल एपले साना तथा व्यवसायिक किसानहरुलाई उत्पादकत्व वृद्धि गर्न र नाफा मूलक कृषि गर्न सहयोग गर्दछ ।

यसै वर्षको कात्तिक महिनादेखि उपाय सिटी कार्गोले पनि यस खेति मोबाईल एपमा लगानी गरी साझेदारी शुरु गरेको छ । हालै सम्पन्न एक कार्यक्रममा डि.भि. एक्सलसर खेति मोबाईल एप र उपाय सिटि कार्गोका प्रमुख लगानिकर्ता र सदस्यहरु उपस्थित भई साझेदारी पत्रमा हस्ताक्षर गरी सहकार्यका लागि आवश्यक रणनीतिक बैठक समेत समापन गरेका छन् ।

उपाया सिटी कार्गोका अध्यक्ष सुमन रायमाझी भन्छन्, ‘किसानहरुको उत्पादनको बजार व्यवस्थपनमा ढुवानी एक प्रमुख चुनौती हो । ढुवानी व्यवस्थापनलाई सहजिकरण गर्न र धेरै भन्दा धेरै किसानलाई स्मार्ट आपूर्ति श्रृंखलामा जोड्न हाम्रो साझेदारी महत्वपूर्ण छ ।’

विगत एक दशक भन्दा बढि स्थानीय कृषि र खाद्यन्नको क्षेत्रमा कार्य गर्दै आएका उद्यमी र यस डिभी एक्सलसर खेति मोबाईल एपका सह–संस्थापक तुलसी गिरीले स्थानीय कृषि र खाद्यन्न क्षेत्रको आपूर्ति श्रृंखला व्यवस्थापनमा थप टेवा पुर्याउन मात्र नभई सिंगो कृषि र खाद्यन्नको क्षेत्रलाई प्रविधि मैत्री बनाउनका समेत सहकार्यले मद्दत पुग्ने बताए ।

उनले यस क्षेत्रको विकासमा बृहत साझेदारीको आवश्यकतालाई एउटा नमुनाको रुपमा स्थापित गर्न पनि यो सहकार्य भएको बताए । खेति मोबाईल एपमा दुईवटा सुविधा रहेका छन् ।

हालसम्म खेति मोबाईल एपले प्रदेश ३ र ४ का कास्की, काठमाडौँ, पाल्पा, मकवानपुर, चितवन लगाएतका ११ जिल्लाका १० हजार भन्दा धेरै साना किसानहरू, काठमाडौं र पोखरामा ३ हजारभन्दा बढि उपभोक्ताहरू र ५० भन्दा बढि व्यवसायिक उपभोक्ताहरुलाई सेवा र सुविधा दिंदै आईरहेको छ ।

साथै यस एपले विभिन्न संघसंस्था, प्रमुख कृषि सेवा र समाग्री प्रदायकहरू, बैंक तथा वित्तिय संस्था तथा सरकारी निकायहरुसँग सहकार्य गरि काम गर्दै आईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment