Comments Add Comment

१७औं एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड पुस २८ गते हुने

२८ मंसिर, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेफको आयोजनामा हरेक वर्ष हुँदै आएको पल्सर स्पोर्टस् अवार्ड आगामी पुस २८ गते हुने भएको छ ।

मञ्चले आइतबार पत्रकार सम्मेलन गर्दै यस वर्षको अवार्ड कार्यक्रमको मिति घोषणा गरेको हो । कोरोना महामारीले गर्दा नेपाली खेलकुद नै प्रभावित भएको बेला अवार्ड कार्यक्रम पनि केही ढिला हुन लागेको हो ।

अवार्ड भर्चुअल रुपमा हुने मञ्चले जनाएको छ । कोरोना महामारीले गर्दा सरकारले लागू गरेको नागरिक स्वास्थ्य मापदण्डलाईध्यानमा राखेर कार्यक्रम सेमि भर्चुअल माध्यमबाट गर्न लागेको मञ्चले जनाएको छ ।

अवार्ड कार्यक्रममा वर्षको उत्कृष्ट खेलाडी पुरुष महिला युवा र प्रशिक्षकसहित चर्चित खेलाडीलाई अवार्ड प्रदान गरिनेछ ।

यस्तै पारा एथलेट, स्पेशल , लाईफटाइम अचिभमेन्ट गरि कूल ९ विधामा अवार्ड प्रदान गरिनेछ । यस्तै गत वर्षदेखि थपिएको इन्टरनेसनल एसियन स्पोर्टस् जर्नालिस्ट अवार्डलाई पनि निरन्तरता दिने भएको छ ।

२०७६ मा गरेको प्रदर्शनको आधारमा अवार्ड वितरण गरिनेछ ।

वर्षकाको उत्कृष्ट खेलाडी पुरुष महिला, पिपल च्वाइस र प्रशिक्षक गरी चार विधाको अवार्ड विजेतालाई पल्सर मोटरसाइकल प्रदान गरिने छ भने अन्य विधाका विजेताले नगद ५० हजार प्राप्त गर्नेछन्।

अवार्ड कार्यक्रमका लागि मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी अध्यक्षतामा मुल आयोजक समारोह समिति गरिएको छ ।

बजाजसँग सहकार्य निरन्तर

यस्तै अवार्डका लागि मञ्चले बजाज पल्सरसँग सहकार्य निरन्तर गर्ने भएको छ । पल्सरसँग मञ्चको सहकार्य लगातार ११ वर्ष पनि निरन्तर हुने भएको छ ।

अवार्ड कार्यक्रमका लागि मञ्चका अध्यक्ष देवेन्द्र सुवेदी र हंशराज हुलास चन्द एण्ड कम्पनी प्रालीका निर्देशक अभिमन्यु गोल्छाले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

यस अघिकै सम्झौतामा यस वर्ष पनि निरन्तरता भएको हो । क्यास र काइन्ड गरेर बजाजले करिब ३० लाख सहयोग गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment