Comments Add Comment

दुई बाल कथा बजारमा

काठमाडौं । बालबालिकासम्बन्धी किताब प्रकाशन गर्दै आएको ‘कथालय’ले टर्कीका ख्यातिप्राप्त लेखक फती एर्दोआनका दुई बालकथा संग्रहको अनुवादलाई पुस्तकका रुपमा बजारमा ल्याएको छ । ‘सुपरमुले कसरी पृथ्वीलाई बचाइन् ?’ र ‘म ढिलो भएँ’लाई नेपाली भाषामा प्रकाशित गरिएको हो ।

बालसाहित्यमा ७० वटाभन्दा बढी किताब लेखिसकेका एर्दोआनका पुस्तक विभिन्न भाषामा अनुवाद हुने गरेका छन् । उनका प्रायः किताबमा उनले बनाएका चित्रहरु प्रयोग हुने गर्छन् । ‘सुपरमुले कसरी पृथ्वीलाई बचाइन् ?’ सुपरमु नामक गाईको कथा हो ।

नयाँ कुरा सिक्न चाहने पढेलेखेकी गाई सुपरमुले चाँडै नै एउटा ठूलो उल्का पृथ्वीको नजिकबाट जाँदैछ र यसले पृथ्वीलाई ठक्कर दिनसक्छ भन्ने थाहा पाउँछ । यसबाट सपुरमुले पृथ्वीलाई बचाएको कथा यसमा छ । यो कथा आठ–नौ वर्षका बालबालिकालाई लक्ष्यीत गरिएको कथालयले जनाएको छ । यो पुस्तकको नेपाली अनुवाद भिक्टर प्रधानले गरेका हुन् ।

‘म ढिलो भएँ’ भने बालबालिकाका लागि लेखिएको चर्चित बाल पुस्तक श्रृंखला हो । हालसम्म यो श्रृंखलाको १० लाखप्रति बिक्री भइसकेको दाबी गरिएको छ । यो किताब अंग्रेजी, चाइनिज, बोस्नियन, अजरबैजानी, अरबिकलगायतका भाषामा प्रकाशित भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment