Comments Add Comment

‘झापाको औद्योगिक क्षेत्र अर्थतन्त्र सुदृढ गर्ने शक्तिशाली परियोजना’

२८ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी ओलीको गृह जिल्ला झापामा निर्माण हुने इण्डष्ट्रियल पार्क (औद्योगिक क्षेत्र) अर्थतन्त्रलाई सुदृढ पार्ने एक शक्तिशाली परियोजनाको रूपमा स्थापित हुन सक्ने वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदनले उल्लेख गरेको छ ।

सो परियोजनाको इआईए प्रतिवेदनको मस्यौदा तयार भई सार्वजनिक सुझाव आह्वान गरिएको छ ।

ईआईए प्रतिवेदनमा भनिएको छ,‘ यस परियोजनाको निर्माण र सञ्चालनबाट पूर्वी नेपाल र सिङ्गो राष्ट्रको अर्थतन्त्रमा ठूलो टेवा पुग्नेछ । परियोजनामा स्थानीय जनताले रोजगारी पाउनुका साथै स्थानीय रूपमा उत्पादित कच्चापदार्थले पनि प्राथमिकता पाउनेछन् ।’ सो पार्कको जिम्मेवारी चीनको एक निजी कम्पनीले लिएको छ ।

प्रस्तावित परियोजनास्थल दमक नगरपालिका र पूर्व–पश्चिम राजमार्गबाट करिब ९ किलोमिटर दूरीमा अवस्थित छ । उक्त परियोजनास्थलसँग जोडिएको सडकमार्ग हाल ग्राभेल गरिएको अवस्थामा छ ।

काठमाडौंबाट एकदिनको सडकमार्गको यात्रामा परियोजनास्थल पुग्न सकिन्छ । यो विराटनगर र भद्रपुर विमानस्थलबाट करिब ६० किलोमिटर दूरीमा पर्दछ ।

परियोजनास्थल काँकडभिट्टा भन्सार कार्यालयबाट ६० किलोमिटर पश्चिम र रानी भन्सार, विराटनगरबाट ६५ किलोमिटर पूर्वमा पर्दछ । यो क्षेत्र ९०२.९२८ हेक्टर (१३३३ बिघा) क्षेत्रफलमा फैलिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment