Comments Add Comment

काठमाडौंमा यस वर्षकै धेरै जाडो, न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस

फाइल तस्वीर

२९ मंसिर, काठमाडौं । काठमाडौं उपत्यकामा आज बिहानको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस मापन गरिएको छ । यो काठमाडौं उपत्यकामा यस वर्षकै कम तापक्रम हो ।

तापक्रम घटेकाले बिहानपख उपत्यकामा यस वर्षकै धेरै जाडो महसुस गरिएको छ ।

मौसमविद निराजन सापकोटाले भने, ‘सोमबार बिहान पौने ६ बजे रेकर्ड गर्दा काठमाडौंको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस पाइयो, यो यस वर्षकै कम तापक्रम हो ।’

आइतबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस थियो ।

आज प्रदेश १ का पहाडी क्षेत्रमा आंशिक बदली भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १ को पहाडी क्षेत्रको एक–दुई ठाउँमा हल्का पानी पर्ने सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ । यस्तै पश्चिम क्षेत्रको हिमाली भूभागमा हल्का हिउँ पर्ने सम्भावना पनि छ ।

तराई–मधेस क्षेत्रमा लागेको हुस्सु दिउँसोतिर क्रमशः हट्दै जाने महाशाखाका मौसमविद सापकोटाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment