
२९ मंसिर, काठमाडौं । भक्तपुरको चाँगुनारायण-५ पिखेलस्थित एक घरमा आगलागी भएको छ ।
स्थानीय प्रदीप कार्कीको कच्ची ३ तले घरमा आइतबार राति ९ बजे खाना पकाउने ग्याँस लिक भएर आगलागी भएको हो ।
प्रहरी, स्थानीय र दमकलको सहयोगमा राति नै आगो नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । परिसरका अनुसार आगलागीबाट ११ लाख ८६ हजार ५०० बराबरको धनमाल नष्ट भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4