Comments Add Comment

स्वाजिल्याण्डका कोरोना संक्रमित प्रधानमन्त्रीको निधन

२९ मंसिर, काठमाडौं । स्वाजिल्याण्डका कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित प्रधानमन्त्री एम्ब्रोस डलामिनिको ५२ वर्षको उमेरमा निधन भएको छ । कोरोना संक्रमण पुष्टि भएको चार सातापछि दक्षिण अफ्रिकाको एक अस्पतालमा उनको निधन भएको हो । स्वाजिल्याण्डको सरकारले सार्वजनिक गरेको विज्ञप्तिमा मृत्युको कुनै कारण उल्लेख गरिएको छैन । तर, उनी दक्षिण अफ्रिकामा कोरोनाको उपचार गराइरहेका थिए । डलामिनि सन् २०१८ देखि स्वाजिल्याण्डको प्रधानमन्त्रीको रुपमा रहँदै आएका थिए ।

दक्षिणी अफ्रिकामा अवस्थित यो सानो भू–परिवेष्ठित मुलुक हो । यो मुलुकको जनसंख्या करिब १० लाख छ । अहिलेसम्म यो मुलुकमा कोरोनाका ६ हजार ७६८ कोरोना संक्रमित फेला परिसकेका छन् भने १२७ जनाको संक्रमणबाट मृत्यु भइसकेको छ । डलामिनिले नोभेम्बर १६ मा आफू कोरोना संक्रमित भएको जानकारी दिएका थिए । उनले आफूमा कोरोनाको कुनै लक्षण नदेखिएको र आफू पूर्णरुपमा स्वस्थ रहेको बताएका थिए । सरकारले उनलाई छिटो गतिमा निको पार्न भन्दै दक्षिण अफ्रिका पठाउने निर्णय गरेको थियो । तर, आइतबार सरकारले उनको निधन भएको बताएको हो ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment