+
+
Shares

विषको कारोबारबाट लाखौँ कमाउने यी व्यक्ति, जसले पालेका छन् ८० हजार बिच्छी र सर्प

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २९ गते १५:१४

मान्छेका कमाउने तरिका अनेक हुन्छन् । इजिप्टको राजधानी कायरोमा बस्ने एक व्यक्तिले चाहिँ विष बेचेर लाखौँ कमाउँछन् ।

कायरोका बासिन्दा मोहम्मद हम्दी बोस्टा नामका ती २५ वर्षीय युवकले एक कम्पनी खोलेका छन् जसले महंगो मूल्यमा विष बेच्ने गर्दछ ।

पुरातत्व विषयमा स्नातक तह अध्ययन गरेका हम्दीको अनौठो सोख थियो इजिप्टका विशाल मरुभूमि तथा तटीय क्षेत्रमा बिच्छीको सिकार गर्ने । त्यहीँ अनौठो सोखका कारण उनले पढाई छाडे र आफ्नो इच्छा पूरा गर्ने सपना देख्न थाले । अहिले त्यहीँ सपना पूरा गर्ने क्रममा उनी विषको व्यापार गरेर इजिप्टको सबैभन्दा धनी व्यक्ति मध्येमा पर्दछन् ।

हम्दीको कम्पनीले विभिन्न प्रजातिका गरी झण्डै ८० हजार भन्दा धेरै बिच्छी तथा सर्प पालेको छ । उनको कम्पनीले सर्प तथा बिच्छीहहरुबाट विष निकालेर औषधि उत्पादन गर्ने कम्पनीहरुलाई बेच्ने गर्दछ ।

बिच्छीको विष निकाल्नका लागि परावैजनी किरणको सहयोगले हल्का विद्युतीय झट्का दिइन्छ । विद्युतीय झट्का लागेसँगै बिच्छीको विष बाहिर निस्किन्छ र त्यसलाई संग्रहित गरिन्छ ।

रोयटर्सका अनुसार बिच्छीको एक ग्राम विषबाट २० हजार देखि ५० हजार खुराकसम्म एन्टिभेनोम औषधि बनाउन सकिन्छ ।

मोहम्मद हम्दी बोस्टाको कम्पनीले सर्प तथा बिच्छीको विषलाई अमेरिकादेखि युरोपसम्म आपूर्ति गर्दछ । उक्त विषलाई औषधि निर्माता कम्पनीहरुले सर्पको विषरोधक औषति तथा उच्च रक्तचाप लगायतको औषधि बनाउन प्रयोग गर्दछन् । तपाईंलाई अनौठो लाग्ला, एक ग्राम बिच्छीको विषयको मूल्य १० हजार अमेरिकी डलरसम्म पर्दछ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?