Comments Add Comment

कियाराको ‘इन्दुकी जवानी’ले विकेन्डमा कती कमायो ?

भारतमा अक्टुबर १५ बाट ५० प्रतिशत अकुपेन्सीमा हल संचालन भैरहेका छन् । कोरोना भाइरसका कारण लामो समयदेखि बन्द रहेका हलहरु २ महिना अगाडि संचालनमा आएपनि दर्शकको अकुपेन्सी भने सुखद छैन । नयाँ चलचित्र रिलिज नभएकाले पनि दर्शक हलसम्म नआएका हुन् । यसैविच, शुक्रबारदेखि नयाँ चलचित्र ‘इन्दु कि जवानी’ रिलिज भएको छ ।

नायिका कियारा आडवाणीको मुख्य भूमिका रहेको यो चलचित्रले ३ दिनमा ७० लाख कलेक्शन गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । चलचित्रलाई दर्शकको उल्लेख्य साथ मिलेन । नायिका कियारा आडवाणीको क्रेज बलिउड बक्स अफिसमा सुखद मानिन्छ ।

तर, यो चलचित्रको प्रचार कम हुनु, दर्शकको अपेक्षा चलचित्रमाथि नहुनु र कोभिडको जोखिम यथावत नै रहनु लगायतका कारणले चलचित्रको विकेन्ड कलेक्शन कमजोर देखिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment