Comments Add Comment

खुकुरी म्युजिक नेसन आयोजना हुने

२९ मंसिर, काठमाडौं । खुकुरीले नेपाली संगीतको विरासतलाई निरन्तरता प्रदान गर्न तथा अंग्रेजी नयाँ वर्ष २०२१ को भव्य शुभारम्भ गर्न ‘खुकुरी म्युजिक नेसन’ प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ । यस अभियानमा नेपालका ख्याति प्राप्त स्थापित कलाकारहरुका साथै उदयमान कलाकारहरुको प्रस्तुति रहनेछ, जसले नेपाली संगीत र नेपाली कलाकारहरुको उत्थान, प्रवर्द्धन एवं प्रोत्साहनमा सहयोग पुर्‍याउने कम्पनीले जनाएको छ ।

‘जसरी हामीमा सांस्कृतिक विविधता छ, त्यसरी नै नेपाल संागीतिक विविधताको घर पनि हो, जसको कारणले हामी नेपालीहरु त्यसमा गर्व गर्दछौं । हामी पश्चिमा प्रभावलाई नकार्न सक्दैनांै, जसलाई आजका युवा पुस्ताहरुले हार्दिकताका साथ अँगीकार गरेका छन्,’ कम्पनीले भनेको छ,’अहिले, नेपाली संगीतमा पूर्वी र पश्चिमी संगीतको संयोजन पाइन्छ र यसले गर्दा आज नेपाली संगीत हरेक किसिमका श्रोताहरु म्ााझ पुग्न सफल भएको छ । यसैले खुकुरी रम नेपाली संगतिमा गर्व गर्दछ र यो अभियान मार्फत् नेपाली संगीतको उत्सव मनाउन चाहन्छ ।’

खुकुरी रमले आफ्नो वेबसाइट मार्फत् एउटा प्रतियोगिता संचालन गर्नेछ, जहाँ आवेदकहरुले आफूभित्र रहेको साँगीतिक प्रतिभाको भिडियो अपलोड गरेर प्रस्तुत गर्न सक्नेछन् । प्रतियोगिताको निणर्ायकहरुमा चर्चित स्टारहरु- विपुल क्षेत्री, समृद्धी राई र सबिन राई -नेपाली लोकपि्रय ब्याण्ड सबिन राई एण्ड द फारोबाट) रहनेछन् । यसरी भिडियो अपलोड गर्ने प्रतिभाहरु मध्येबाट टप १६ प्रतियोगीहरुको नाम यही २०२१ जनवरी १ तारिखमा आयोजना हुने खुकुरी देशको संगीतको प्रत्यक्ष सँागीतिक कार्यक्रमबाट उद्घोष गरिनेछ ।

जनवरी १ तारिखमा सम्पन्न हुने साँगीतिक कार्यक्रममा ख्याति प्राप्त नेपाली कलाकारहरु कबवेब, समृद्धी राई, विपुल क्षेत्री, सबिन राई एण्ड द फारो, द एक्स ब्याण्ड र द इलिमेन्ट्सले पनि प्रस्तुति दिने छन् ।

हालको कोभिड परिस्थितिको कारणले गर्दा खुकुरी देशको संगीत कार्यक्रममा प्रत्यक्ष उपस्थिति रहने छैन । तर, यो कार्यक्रम नेपालमै पहिलो चोटी यसप्रकारको कार्यक्रम हुनेछ, जुन बृहत् अनलाइन कन्सर्ट गरेर गरिनेछ  ।  २०२१ फेब्रुअरी २१ म्ाा गरिने घोषणासँगै नेपाली संगीतमा नयाँ नेपाली संगीत स्टारको उदय हुनेछ भने ती विजेताले रु.११ लाख बराबरको खुकुरी म्यूजिकलसँगको करार प्राप्त गर्नेछ अनि विभिन्न कलाकारहरुको साथमा नेपालमा आफ्नो प्रस्तुतिको अवसर पनि हुनेछ ।

खुकुरी रमको तर्फबाट कार्यक्रम म्यानेेजर श्रीदा शाहले भनिन् ‘खुकुरी रम नेपाली संगीत र यहाँको साँगीतिक प्रतिभाहरुमा गर्व गर्दछ । हामीले वर्षैभरी विभिन्न सांगीतिक कार्यक्रमहरुको आयोजना गर्नुका साथै त्यस्ता कार्यक्रमहरुलाई साथ दिएका छौं, र खुकुरी देशको संगीत पनि, हामीले उदयमान नेपाली कलाकारहरुलाई उनीहरुको आफ्नो प्रतिभा प्रस्तुत गर्नका लागि एक उपयुक्त मञ्च हुने अपेक्षा राखेका छौं । कोभिड-१९ बाट उत्पन्न जटिल अवस्था हामीहरु सबैका लागि कठिन बनेको छ, संगीत उद्योग पनि त्यसको मारमा परेको छ । तर यसो भन्दैमा राम्रो संगीतसिर्जनागर्ने आकाँक्षालाई यसबाट रोकिनु दिनु हुँदैन । यसर्थ, हामी  नेपालीकलाकारहरुसँग मिलेर नेपाली संगीतको उत्सवमनाउने दिशामा अग्रसर भएका छौं तर यसपटक परिस्थिति यस्तै भएकोले भर्चुअल विधि अपनाएका छौं ।’

यो प्रतियोगिता नेपाल लगायत विदेशमा रहेका सबै नेपालीहरुका लागि खुला गरिएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment