
२९ मंसिर, सप्तरी । नेपाली कांग्रेसकी नेतृ चित्रलेखा यादवले नेकपा नेतृत्वको सरकारले जनतालाई ठग्ने र लुट्ने काम गरिरहेको आरोप लगाएकी छन् । उनले यो सरकारलाई फाल्ने बेला आइसकेको बताइन् ।
सप्तरी सदरमुकाम राजविराजमा कांग्रेसद्वारा सोमबार गरिएको प्रदर्शनमा सहभागी नेतृ यादवले सरकार अहिले जनताको पक्षमा नभएको बताइन् ।
‘जनता आफ्नो समस्याबारे देखाइरहेपनि सरकार आँखामा पट्टि र कानमा तेल हालेर सुतेको छ’ उनले भनिन्, ‘अब बाघको खोल ओढेर तीन बर्षसम्म खेत खाएको सरकारलाई फाल्ने बेला आइसकेको छ ।’
जनतालाई चैनले बस्न नदिने सरकारलाई चैनले बस्न नदिने भन्दै उनले सरकार फाल्ने संकल्प लिन सबैसँग आग्रह नै गरिन् । ‘कुर्सीमा बसेर केही काम गरेको छैन । अनि कुर्सीमा बसिरहेको दिनको माला जपेर बसिरहने ?’ उनले भनिन्, ‘अब यो सरकारलाई फालौं ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4