Comments Add Comment

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद् बैठक

२९ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहान संवैधानिक परिषद्को बैठक बोलाएका छन् ।

यसअघि आइतबारका लागि बोलाइएको बैठक भने प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटा अनुपस्थित भएपछि बैठक बस्न सकेन । नेपाली कांग्रेसका सभापति देउवाले सोमबार कांग्रेसले सरकारविरुद्ध प्रदर्शन गर्न लागेकाले बैठकमा नआउने जानकारी पठाएका थिए ।

देउवा र सापकोटा नआएपछि प्रधानमन्त्री ओली, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाबीच केहीबेर अनौपचारिक कुराकानी भएको थियो । प्रधानमन्त्री ओलीले मंगलबार फेरि बैठक बोलाएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायत आयोगहरुमा ४५ पद रिक्त छन् । संवैधानिक नियुक्तिबारे मंसिर २७ मा कुराकानी भएकाले देउवा सहभागी हुने बताइएको छ ।

संवैधानिक परिषद्को बैठक बोलाएकोमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने असहमति जनाएको स्रोतले जनाएको छ । पार्टी स्थायी कमिटी बैठक बसिरहेकाले राजनीतिक संवैधानिक नियुक्तिको प्रक्रिया बढाउन नहुने प्रचण्डको प्रस्ताव छ ।

यसअघि मन्त्रिपरिषद् पुनर्गठन, राजदूतहरुको सिफारिस लगायतमा ओलीले पार्टी निर्णय पालना नगरेको भन्दै प्रचण्ड सहित सचिवालयका बहुमत सदस्यले असन्तुष्टि जनाएकैले पार्टी विवाद स्थायी कमिटीमा पुगेको छ । पर्सि पुस १ मा स्थायी कमिटी बैठक फेरि बस्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment