Comments Add Comment

संसद् अधिवेशन छिटो बोलाउन निधिको माग

२९ मंसिर, भक्तपुर । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले संसद्को अधिवेशन छिटोभन्दा छिटो बोलाउन सरकारसँग माग गरेका छन् ।

कांग्रेस जिल्ला समिति भक्तपुरले सूर्यविनायकमा आयोजना गरेको विरोध कार्यक्रममा निधिले देशमा भएका समस्याको समाधान संसद्बाटै खोज्नुपर्ने भएकाले तत्काल संसद् बैठक बोलाउन माग गरे । कांग्रेससँग निर्वाचन कुर्नाको विकल्प नभएको जनाउँदै उनले आगामी निर्वाचनको तयारीका लागि गाउँगाउँमा जान कार्यकर्तालाई आह्वान गरे ।

करीब तीन वर्षका अवधिमा जनताले दिएको मतको सरकारले कदर गर्न नसकेको र जनताले चाहेअनुसार सरकार नगएको आरोप लगाउँदै उनले प्रतिपक्ष दलले शिलान्यास र उद्घाटनसमेत गर्न नहुने गरी रोक्नु गलत भएको जिकिर गरे ।

सरकार भ्रष्टाचार नियन्त्रण, सुशासन, रोजगारीको व्यवस्था, कोरोना नियन्त्रणजस्ता विषयमा गम्भीर हुनुपर्ने उनले औँल्याए ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वराज्यमन्त्री सीता गुरुङ, आमन्त्रित केन्द्रीय सदस्य रमा पौडेल, भक्तपुर जिल्ला सभापति दुर्लभ थापालगायतले सरकारले जनभावनानुकूल काम गर्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment