Comments Add Comment

शाहीको प्रश्न : चीनले सीमा मिच्दा सरकार किन मौन ?

२९ मंसिर, सुर्खेत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाहीले चीनले नेपालको सीमा मिच्दा पनि सरकार मौन बसेको आरोप लगाएका छन् । सरकारको विरोधमा कांग्रेसले हुम्लामा गरेको विरोध प्रदर्शन कार्यक्रममा नेता शााहीले चीनसँग सीमा विवादमा सरकार चुप बस्नुको कारण मागे ।

स्थानीयले भोग चलन गर्दै आएको भू-भागमा चीनले मनलाग्दी गर्दा पनि सत्तारुढ दलका सांसद मौन बसको उनले बताए । ‘चीनले नाम्खा गाउँपालिकाको थुप्रै क्षेत्रमा सीमा मिचेको छ, तर सरकारले सीमाविद्सहित प्राविधिक टोली पठाएर स्थलगत अध्ययान गर्नुको साटो अहिलेसम्म रहश्यत्मक तरिकाले कानमा तेल हालेर बसेको छ’ उनले भने, ‘यही अवस्था रहे चीनको बल मिच्याईको पीडा अँझै हुम्ली जनताले भोग्नु पर्नेछ ।’

कर्णाली प्रदेशसभा प्रतिपक्ष दलका नेता समेत रहेको नेता शाहीले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक किचलोका कारण देशमा अन्याय र अत्याचार बढ्दै गएको बताए ।

पार्टी र सरकारको कुर्सी बचाउन केन्द्रदेखि प्रदेशसम्मका नेताहरु लाग्दा नागरिकले दुःख पाएको कांग्रेस नेता शाहीको दाबी छ । ‘जनमतको आधारमा सरकारलाई काम गर्न दिने लोकतान्त्रिक मान्यताका साथ प्रतिपक्षको भूमिकामा बस्यौं, तर सरकारको अत्याचार झन् झन बढ्दै गयो’ उनले भने, अब सडक र सदन तताउँछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment