+
+

राज्यमन्त्री मानन्धर भन्छन्– राम्रा कामको जस दिन कन्जुस्याइँ गरियो

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर ३० गते ११:४१

३० मंसिर, काठमाडौं । काठमाडौंको चमती जग्गा एकीकरण आयोजनाभित्रको सडकमा कालोपत्रे सुरु भएको छ । कालोपत्रेको सुरुवात गर्दै सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले वर्तमान सरकारले गरेका राम्रा कामको जस दिन पनि कन्जुस्याइँ गरिएको गुनासो गरे ।

सरकारले जनताको जीवनस्तर उकास्नेगरी ऐतिहासिक काम गरेको बताउँदै मानन्धरले राम्रा काम नदेख्ने प्रवृतिका कारण समस्या भएको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा मुलुक समृद्ध हुने बताउँदै राज्यमन्त्री मानन्धरले सुखी नेपालीको परिकल्पना साकार पार्न आफूहरु लागिपरेको बताए ।

१८ वर्षदेखि हुन नसकेको चमती आयोजनाको सडक कालोपत्रे थालिएको बताउँदै मन्त्री मानन्धरले विकासका काममा जनताको रचनात्मक सहयोगले सरकारलाई थप सक्रिय बनाउने बताए ।

मन्त्री मानन्धरले चमती आयोजना काठमाडौं महानगरभित्रको नमुना आयोजना भएको बताउँदै सुन्दर सहर निर्माणमा यो आयोजना कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे ।

काठमाडौं महानगरपालिका र चमतीका बासिन्दाको साझेदारीमा झण्डै १४ सय रोपनी क्षेत्रफलमा जग्गा प्लानिङ गर्ने भन्दै सुरु गरिएको आयोजनाको ढल निर्माण र सडक कालोपत्रे गर्ने काम अन्तिम चरणमा छ ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले चमती आयोजना सम्पन्न हुनेतर्फ अघि बढेको बताउँदै सुन्दर सहर निर्माणको अभियानमा यो आयोजना उदाहरणीय हुने बताए ।

कार्यक्रममा काठमाडौं महानगर–१६ का वडाअध्यक्ष मुकुन्द रिजालले आयोजनाको काम सकिएसँगै वडा कार्यालय पनि यही स्थानमा सार्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?