+

जिदानको स्वीकारोक्ति : इस्कोलाई क्षमताअनुसार अवसर दिइनँ

२०७७ मंसिर  ३० गते १३:०२ २०७७ मंसिर ३० गते १३:०२
जिदानको स्वीकारोक्ति : इस्कोलाई क्षमताअनुसार अवसर दिइनँ

३० मंसिर, काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले खेलाडी इस्कोलाई आफूले पर्याप्त अवसर नदिएको स्वीकार गरेका छन् ।

पछिल्लो समय इस्कोले धेरै समय खेल्ने चाहना राख्दै क्लब छाड्न चाहेको समाचार बाहिर आएका बेला  जिदानले यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘इस्को महत्वपूर्ण खेलाडीको रुपमा रहनेछन्, यो सत्य हो कि उनले धेरै खेलिरहेका छैनन् र उनले आफू कस्तो खेलाडी हो भनेर देखाउनका लागि मैले उनलाई अवसर दिइरहेको छैन’ जिदानले भने, ‘मेरो खेलाडीका लागि म माफी माग्छु र उनीहरुसंग मैले जुन अनुभव गरेको छु त्यो म कहिल्यै बिर्सने छैन ।’

इस्कोले अवसर पाउन मेहनत गर्नुपर्ने पनि जिदानले बताए । ‘अर्को अवसरका लागि उनले कडा मेहनत गर्नुपर्छ तर बाहिर मिडियामा जे आइरहेको छ त्यसमा म प्रतिक्रिया दिन सक्दिन किनकी त्यसमा हाम्रो कन्ट्रोल छैन ।’

रियलले पछिल्लो तीन खेल खेल्नुअघि जिदानको पद धरापमा थियो । तर उनले कठिन समयमा रियलको प्रशिक्षकको रुपमा सफलता हात पारे । ‘म कुनै कुरा प्रमाणित गर्ने लक्ष्य राख्दिन । म यहाँ भएको हरेक मोमेन्टको फाइदा लिनेछु’ जिदानले भने ।

उनले आफूसँग राम्रा खेलाडी रहेको र उनीहरुसंग काम गर्नुबाहेक अरु केही कुरा नरहेको पनि बताए ।

पछिल्लो तीन खेलमा रियलले सेभिया, बोरुसिया मोन्चेनग्लाडबाक र एट्लेटिको मड्रिडलाई पराजित गरेको थियो । च्याम्पियन्स लिगमा पनि समूह विजेता बन्दै नकआउट चरणमा पुगेको रियलले इटालियन क्लब एटलान्टासंग अन्तिम १६ मा प्रतिस्पर्धा गर्नेछ ।

जिदानले इटालियन क्लबसंग सचेत रहेको पनि बताए । ‘हामीलाई थाहा छ उनीहरुको कस्तो टिम हो भनेर र सम्मान पनि छ । त्यो खेल फेब्रुअरीमा खेलिनेछ तर भोलिको खेल महत्वपूर्ण छ,  एथ्लेटिको बिल्बाओसंग ला लिगाको खेलअघि जिदानले भने, ‘यो हाम्रो लागि अर्को राम्रो अवसर हुनेछ ।’

मड्रिड डर्बीमा जित हात पारेपछि रियल मड्रिडको मनोबल उच्च रहेको छ ।

इस्को खेलकुद जिनेदिन जिदान फुटबल ला लिगा

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय