लकडाउनको कारण आम मानिसमा पारेको नकारात्मक असरका बारेमा निर्माण भएको छोटो चलचित्र ‘आधा लभ स्टोरी’ निर्माण गरिएको छ । धरानमा छायांकन गरिएको छोटो चलचित्रमा कथा, पटकथा, छायांकन, सम्पादन र निर्देशन प्रशान्त तामाङले गरेका छन् ।
यो चलचित्रमा सैव श्रेष्ठ, पवित्र शंकर, अनिता राई, रुपेन परियार, विशाल भण्डारी, विशाल श्रेष्ठ, विमस पौडेल, प्रिया कार्की, याशिन राई, अनुष्का आसमी, विद्या चौहान, आस्था आसमी, पवन तामाङ, राहुल ठाकुर, अविरल मगर, रिया सेन्चुरी र निकिता धमलाको अभिनय छ ।
निर्देशक तामाङले लकडाउनको बेला धेरै मान्छेहरु तनावले गर्दा आत्महत्या र अन्य गलत बाटोमा लागेका कारण फिल्मको माध्यमबाट युवा पिढीहरुलाई सही मार्गमा ल्याउन उनीहरुलाई क्रियाशिल बनाउन फिल्म निर्माण गरिएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4