Comments Add Comment

प्रधानमन्त्रीले अप्रत्याशित अध्यादेश ल्याउनु गलत : नारायणकाजी श्रेष्ठ

३० मंसिर, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले सरकारले ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिनुपर्ने बताएका छन् ।

पार्टीको स्थायी कमिटी बैठक चलिरहेको र संसदको नियमित अधिवेशन बोलाउने समय नजिक आइरहेका बेला प्रधानमन्त्रीले अप्रत्याशित रुपमा अध्यादेश ल्याउनु गलत भएको उनले बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन् ‘ अहिले सत्तारुढ हाम्रो पार्टीको स्थायी कमिटीको बैठक चलिरहेको छ र संसदको नियमित अधिवेशन बोलाउने समय नजिक आइसकेको छ । यस्तो स्थितिमा प्रधानमन्त्रीले अप्रत्यासित ढङ्गबाट अध्यादेश ल्याउनु गलत छ । तसर्थ अध्यादेश तत्काल फिर्ता लिनु पर्दछ ।’

यसअघि सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याउँदा नेकपा, प्रमुख प्रतिपक्षी दललगायतका राजनीतिक पार्टी र नागरिक समाजले अलोकतान्त्रिक कदम भन्दै विरोध गरेपछि सरकारले फिर्ता लिएको श्रेष्ठले स्मरण गरेका छन् ।

अध्यादेश जारी गर्ने विषयमा पार्टीभित्र जानकारी नभएको र जारी गरिएपछि पनि पार्टीमा कुनै छलफल नभएको श्रेष्ठले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment